बिएल संवाददाता
बलिउडमा कलाकारहरू सामाजिक सञ्जालमा निकै सक्रिय छन्। ती कलाकारहरूको तस्बिर अक्सर, सामाजिक सञ्जालमा भाइरल भइरहेको हुन्छ।
अहिले भने दर्शकहरूले रुचाएका अभिनेताको तस्बिर भाइरल भइरहेको छ। त्यो तस्बिर जवान फिल्ममा काम गर्ने अभिनेताको हो। शाहरुख खानको त्यो फिल्म पछिल्लो वर्ष मात्र सिनेमाघरमा आएको थियो।
जवान फिल्ममा काम गरेको उनै अभिनेता प्याच बेचिरहेको तस्बिर भाइरल छ। खासमा, त्यो अभिनेता अरू, कोही होइनन् ‘द ग्रेट इपण्डयन कपिल शर्मा’ शोका अभिनेता सुनील ग्रोवर हुन्।
उनी सामाजिक सञ्जालमा सक्रिय रहने कलाकारमध्येका एक हुन्। उनी आफ्नो दर्शकहरूको लागि तस्बिर र भिडियोहरू सेयर गरिरहेका हुन्छन्। उनले आफ्नो इन्स्टाग्राममा केही तस्बिर सेयर गरिरहेका छन्। जहाँ उनी प्याच बेचिरहेका छन्।
उनले त्यो तस्बिरसहित एउटा क्याप्सन लेखेका छन्, ‘आज प्याजबाट केही बनाउनुस्। राम्रो दिनको फाइदा उठाउनुस्।’ उनको त्यो तस्बिर देखेर दर्शकहरूले फरक–फरक कमेन्ट गरेका छन्।
कसैले ‘कस्तो बाध्यता हो?’ भनेर लेखेका छन् भने कसैले भने, ‘राम्रो व्यापार’ भन्दै उनको हौसला बढाइरहेका छन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया