बिएल संवाददाता
पछिल्लाे समय बलिउड अभिनेता गोविन्दा र उनकी श्रीमती सुनिता आहुजाको सम्बन्ध विच्छेदले चर्चा बटुलिरहेकाे छ।
भारतीय सञ्चारमाध्यमका अनुसार ६१ वर्षीय गोविन्दा ३० वर्षीय मराठी अभिनेत्रीसँग अफेयरमा छन्।
यही कारण सुनिता विवाहको ३७ वर्षपछि सम्बन्धविच्छेद गर्न चाहन्छिन्। तथापि दुवैले यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्।
तर सुनिताले भने एक अन्तर्वार्तामा गाेविन्दसँग छुट्टै बस्ने गरेकाे बताएकी थिइन्।
उनले भनेकी थिइन्- हाम्रा दुईवटा घर छन्। म एउटा फ्ल्याटमा छोराछोरीसँग बस्छु, गोविन्दा अर्को फ्ल्याटमा बस्छन्। गोविन्दा कामको सिलसिलामा राति ढिला घर आउँछन्। जसका कारण हामी सँगै बस्दैनौँ।
गोविन्दा र सुनिताबीच हुनेछ ग्रे डिभोर्स
जुम टीभीको रिपोर्टअनुसार गोविन्दा र सुनिताको सम्बन्धविच्छेद भएमा यसलाई ग्रे डिभोर्स भनिन्छ।
वास्तवमा २५ देखि ४० वर्षसम्म सँगै बसेपछि जब जोडीको सम्बन्ध विच्छेद हुन्छ, त्यसलाई ग्रे डिभोर्स भनिन्छ। यसलाई सिल्भर स्प्लिटर्स पनि भनिन्छ।
अमेरिका र युरोपमा यो शब्दको प्रचलन बढे पनि अहिले भारतमा पनि यसको चर्चा बढ्दै गएको छ।
नियुक्ति लिएको २ साता नबित्दै मुक्तिनाथ विकास बैंकका सीईओको पद धरापमा
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया