बिएल संवाददाता
पछिल्लोे समय बलिउडमा एउटा समाचार फैलियो। त्यो थियो गोविन्दा र सुनिता आहूजाको सम्बन्ध बिच्छेदबारे। ३७ वर्षको वैवाहिक जीवन छुट्न लागेको भनेर पूरै सामाजिक सञ्जालमा भाइरल बन्यो।
उनीहरू दुबैजनाले आफ्नो सम्बन्धबारे केही बोलेनन्। उनीहरूको छोराछोरीहरूले पनि केही बोलेका थिएनन्। तर आगोझैं फैलिरहेको त्यो अफवाहबारे सुनिताले आफ्नो चुप्पी तोडेकी छन्। र, सत्यतालाई बाहिर ल्याएकी छिन्।
उनको बयान पनि अहिले सामाजिक सञ्जालमा फैलिरहेको छ। जुन कुरा सुनेर अफवाहमा लगाम लागेको छ। उनका अनुसार उनले बोलेको कुरालाई सोसल मिडियामा तोडमोडल गरेर देखाइरहेको छ।
सम्बन्ध बिच्छेद अफवाह
गोविन्दा र सुनिताले सम्बन्ध बिच्छेद गर्न लागेको कुरा भाइरल भइरहेको थियो। कयौं रिर्पोटस्ले त्यो पनि दाबी गरेको थियो कि गोविन्दाका वकिलले पुष्टी गरेका थिए कि ६ महिनाअघि नै सुनितालाई डिर्भोसको नोटिस पठाइदिएका थिए।
तर सुनिताको बयानले थाह भयो कि उनीहरूबीच सबै कुरा ठिक छ। र, उनीहरू एकसाथ छन्। उनले आफूहरूको डिर्भोस नहुने बताएकी छिन्।
सुनिताको बयानअनुसार उनीहरू अलग–अलग घरमा बसिरहेका छन्। जसकारण डिर्भोसको अफवाह फैलिएको हो। उनले बताएअनुसार १२ वर्ष सुनिताले गोविन्दाबिना आफ्नो जन्मदिन मनाएकी थिइन्।
उनले भनिन्, ‘अलग–अलग बस्नुको मलतब यो होकि जब गोबिन्दा राजनीतिमा समावेश भए। तब हाम्री छोरी जबान हुँदैथिइन्। हरेक समय घरमा कार्यकर्ता आउँथे। छोरी र म छोटो लुगा लगाएर बस्थ्यौं। त्यसैले घर नजिकै हामीले अफिस लिएका थियौं। यदी यो दुनियाँमा कोही माइ का लाल मलाई र गोविन्दालाई छुट्याउन सक्छ भने मेरो अगाडि आएर देखायोस्।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया