बिएल संवाददाता
गायक तथा अभिनेता प्रकाश सपुतको सुपरहिट गीत 'बोल माया' फिल्म 'वसन्त' मा पनि राखिने भएको छ।
६ वर्षअघि प्रकाशसहित नारायण रायमाझी र शान्तिश्री परियारको स्वरमा सार्वजनिक 'बोल माया' ले त्यसबेला निकै चर्चा र प्रशंसा पाएको थियो।
प्रकाश र शान्तिश्री दुवैलाई यो गीतले चर्चामा ल्याएको थियो।
सोही गीत प्रकाशले आफ्नो निर्देशन रहेको फिल्म 'वसन्त' मा पनि समावेश गर्न लागेका हुन्।
हालसालै काठमाडौंको एक स्टुडिओमा गायिका शान्तिश्री परियारले गीत रेकर्ड गरेकी छन्। यो गीत फिल्ममा हुने र कति अंश हुने भन्नेबारे निर्माणपक्षले भने खुलाएको छैन।
स्रोतका अनुसार फिल्ममा दोहोरी साँझको दृश्यमा यो गीत समावेश गर्न लागिएको हो। र, त्यसका लागि गीत पुनः रेकर्ड गराइएको हो।
फिल्म 'वसन्त' यही शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ। यसमा प्रकाश सपुत र स्वस्तिमा खड्का शीर्ष भूमिकामा छन्।
फिल्मको ट्रेलर र गीत यतिबेला युट्युब ट्रेन्डिङमा छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया