बिएल संवाददाता
पुरानो चर्चित गीत 'अच्छा लेकिन लण्डनको चिसोले समाउला' नयाँ भर्सनमा सार्वजनिक भएको छ।
अभिनेता राजेश हमालको कमब्याक फिल्म 'नरसिंहा अवतार' का लागि पुनः रेकर्ड गरिएको गीत बुधबार काठमाडौंमा एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको हो।
सार्वजनिक गीतको भिडिओमा फिल्मका प्रमुख कलाकारहरू राजेश हमाल, नीति शाह, सनिशा भट्टराई, राज कटुवाल, सरोज खनाल, उषा खड्गी, दिपा शाही लगायतको नृत्य हेर्न सकिन्छ।
यो गीतमा शम्भुजित बाँस्कोटा र रचना रिमालको स्वर छ। यसको शब्द तथा संगीत शम्भुजित बाँस्कोटाको हो।
गीतको भिडिओ काठमाडौंको जरसिंह पौवामा सेट नै लगाएर ४ दिनमा खिचिएको हो। भिडिओलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन्। गीतको भिडिओमा एक सय हाराहारी कोरस र त्यति नै संख्यामा दर्शक राखिएको छ।
एक्सन र लभ स्टोरी कथामा निर्माण भएको 'नरसिंहा अवतार' निर्देशक दिवाकर भट्टराईले निर्देशन गरेका हुन्। फिल्मको निर्मातामा दिपक शर्मा ढकाल, नरेन्द्र महर्जन, धु्रव न्यौपाने र नेम महर्जन छ।
फिल्म जेठ ९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ।
'अच्छा लेकिन' गीतको कुरा गर्दा यो फिल्म 'दैव संजोग' को गीत हो। पुरानो गीतमा शम्भुजित बाँस्कोटा, सुदेश शर्मा र गायिका देविका बन्दनाको स्वर छ। यो गीत लामो समयपछि नयाँ भर्सनमा आएको हो।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया