बिएल संवाददाता
चर्चित हास्य कार्यक्रम ‘जोगिन्दरको पान दुकान’ को सिजन २ प्रसारणमा आउने भएको छ। हास्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ प्रस्तोता रहेको यो कार्यक्रममा आज बिहीबारबाट बागमती टेलिभिजन र ओएसआर डिजिटलबाट प्रसारणमा आउने भएको हो।
कार्यक्रम आजबाट प्रत्येक बिहीबार बेलुका ८ः ३० बजेदेखि ९ बजेसम्म प्रसारण हुने र ९ बजे ओएसआर डिजिटलको युट्युबमा अपलोड हुने प्रस्तोता रिजालले बताए। विभिन्न क्षेत्रमा ख्याति कमाएका व्यक्तित्वहरूलाई बोलाएर मनोरञ्जनात्मक संवाद हुने कार्यक्रममा रिजाल मधेसवासीको लवजमा प्रस्तुत हुनेछन्। कार्यक्रम मनोरञ्जन र सन्देशमूलकको फूल डोज हुने रिजालको भनाइ छ।
कार्यक्रमको पहिलो भाग आज फिल्म ‘होष्टल ३’ का अभिनेता तथा टिकटकमा कुल ब्वाईको रुपमा पारस बम ठकुरी अतिथिका रुपमा देखिन्छन्। त्यसपछिको भागमा नेपाली राजनीतिज्ञ चन्द्रकान्त राउत अथवा सिके राउत हुनेछन्।
रिजालले यसअघि ‘जोगिन्दरको पान दुकान’ ११ वर्षसम्म बिभिन्न टेलिभिजनमा सञ्चालन गरेका थिए। पछिल्लो केही समययता रोकिएको यो कार्यक्रम अब भने बागमती टेलिभिजन एचडीबाट प्रसारण हुने लागेको हो।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया