बिएल संवाददाता
सलमान खानले १९८८ मा फिल्म ‘बीवी हो तो ऐसी’ बाट आफ्नो करियर सुरु गरेका थिए। तर त्यसमा उनी सहायक भूमिकामा थिए।
उनले १९८९ मा आएको फिल्म ‘मैने प्यार किया’बाट मुख्य अभिनेताको रुपमा डेब्यू गरेका थिए।
यो फिल्मबाट उनले पहिचान पाए।
यसैबीच, आफ्नो डेब्यू फिल्मकी अभिनेत्री भाग्यश्रीकाे अभिनयले पनि दर्शकहरूकाे मन जित्याे।
‘मैने प्यार किया’ भाग्यश्रीको सलमानसँगको पहिलो फिल्म हो।
पहिलो फिल्मबाटै दुवै रातारात स्टार बने।
सलमान अझै पनि बलिउडमा काम गरिरहेका छन् र उनी सुपरस्टार पनि बनेका छन्।
तर भाग्यश्रीले आफ्नो करियरमा धेरै कम फिल्ममा काम गरिन्।
‘मैने प्यार किया’को ठूलो सफलताको बावजुद भाग्यश्रीले चाँडै नै अभिनयबाट आफूलाई टाढा राखिन्।
भाग्यश्रीको जन्म २३ फेब्रुअरी १९६९ मा महाराष्ट्रको सांगलीमा भएको थियो। आफ्नो पहिलो फिल्मको समयमा भाग्यश्री हिमालय दासानीसँग प्रेम सम्बन्धमा थिइन्।
यी ५६ वर्षीया अभिनेत्रीले १९९० मा २१ वर्षको उमेरमा हिमालयसँग विवाह गरेकी थिइन्।
भाग्यश्री र हिमालयले वैवाहिक जीवनको ३५ वर्ष पूरा गरिसकेका छन्।
भनिन्छ कि, दुवै जनाले आफ्नो परिवारको विरुद्धमा भागेर मन्दिरमा विवाह गरेका थिए।
विवाहपछि अभिनेत्रीले १९९२ मा तीनवटा चलचित्रमा काम गरिन्।
अहिले हिमालय र भाग्यश्रीकाे दुई सन्तान अवन्तिका दासानी र अभिमन्यु दासानी छन्।
अभिनेत्रीका छोरा अभिमन्युले पनि बलिउडमा डेब्यू गरिसकेका छन्।
आफ्नो वैवाहिक जीवनलाई प्राथमिकता दिँदै भाग्यश्रीले चाँडै नै फिल्मी दुनियाँबाट आफूलाई टाढा बनाइन्।
तर वर्षौंपछि उनी अभिनयमा फर्किए।
भाग्यश्रीले २०१४ को धारावाहिक ‘लौट आओ त्रिशा’ मार्फत पुनरागमन गरिन्। यसपछि उनी फेरि चलचित्रमा देखिइन्। उनी प्रभासको फिल्म ‘राधे श्याम’ र कंगना रनौतको फिल्म ‘थलाइवी’मा पनि देखिएकी थिइन्।
भाग्यश्री अहिले ५६ वर्षकी भइन्। तर उनको फिटनेस र सुन्दरताकाे कारण उनी अहिले पनि जवान देखिन्छिन्।
त्यसैले अहिलेपनि उनकाे कराेडाैं फ्यान्सहरू छन्। र, उनकाे फिल्म र सिरियलकाे पर्खाइमा हुन्छन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया