बिएल संवाददाता
फिल्म ‘हेरा फेरी’ र ‘फिर हेरा फेरी’ पछि दर्शकहरूले अब तेस्रो भागको प्रतिक्षा गरिरहेका छन्।
तर सायद, दर्शकहरूको पर्खाइ निकै लामो हुनेछ। केही समयअघि मात्र फिल्मको घोषणा भएको थियो। तब सुनील शेट्टी, अक्षय कुमार र परेश रावलको जोडी देखिएको थियो।
हालै परेश रावलले आफू यो फिल्मको हिस्सा नभएको बताएका छन्। उनकाे त्यो कदमपछि अक्षय कुमारले पनि रावलविरुद्ध कानुनी कारबाही गर्ने भएका छन्।
अक्षयले परेश रावललाई २५ करोड रुपैयाँको कानुनी सूचना पठाएका छन्।
अक्षय कुमारले आफ्नो प्रोडक्सन हाउस केप अफ गुड फिल्म्समार्फत परेश रावललाई उक्त सूचना पठाएका हुन्।
रिपोर्टका अनुसार प्रोडक्सन हाउसले परेश रावललाई अव्यवसायिक व्यवहार गरेको आरोप लगाएको छ।
परेश रावलले ुहेरा फेरी–३ु को लागि कानुनी सम्झौतामा हस्ताक्षर गरेका थिए र छायांकन पनि सुरु गरिसकेका थिए भन्ने दाबी गरिएको छ।
यसपछि उनले अचानक फिल्म छोडे।
उनको निर्णयले फिल्मलाई क्षति पुर्याएको छ, जसको बदलामा निर्माताहरूले २५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्।
000
अक्षय कुमारले आफ्नै खर्चमा हेरा फेरी ३ बनाउँदैछन्।
अक्षय कुमारको प्रोडक्सन हाउस केप अफ द गुड फिल्म्सले बक्स अफिसको अवस्थालाई ध्यानमा राख्दै आफ्नै पैसा लगानी गरेर फिल्मलाई ऋणमुक्त बनाएको छ।
अब, यो विश्वास गरिएको छ कि परेश रावलले फिल्मबाट हात झिक्दा उनलाई सबैभन्दा ठूलो क्षति हुन सक्छ।
000
फिल्मका निर्देशक प्रियदर्शनले पनि अक्षय कुमारले परेश रावललाई कानुनी सूचना पठाएको पुष्टि गरेका छन्।
उनका अनुसार अक्षय कुमारले फिल्मको लागि धेरै पैसा खर्च गरेका छन्। त्यसैले परेशविरुद्ध उनले नोटिस पठाएका छन्।
परेशले फिल्मबाट निस्किनुको कारण नबताएको उनको भनाइ छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया