बिएल संवाददाता
८ वर्षको पर्खाइपछि विराट कोहलीको टोली रोयल च्यालेन्जर्स बैंगलोरले आईपीएलको उपाधि जितेको छ।
यो जितसँगै मैदानमै विराट कोहली रोएका छन्। विराट आफ्नी श्रीमती अनुष्का शर्मालाई अँगालो हाल्दै रोए।
उनको खुसीमा अनुष्काले पनि साथ दिइन्। खासमा, विराट र अनुष्का एकाअर्कोका पहिलो प्रेम थिएनन्। तर एकअर्कोलाई चिनेका उनीहरू विस्तारै नजिक भए। र, प्रेम सम्बन्धमा रहे।
उनीहरूको जोडीलाई बलिउडले खुबै रूचायो। तर सामाजिक सञ्जालमा भने उनीहरूको ब्रेकअपको चर्चा चल्यो। तर त्यसको बावजुद पनि उनीहरूको प्रेम सम्बन्ध विवाहमा पुग्यो।
विराट र अनुष्काको पहिलो पटक कहाँ भएको थियो?
विराट कोहली र अनुष्का शर्माको पहिलो भेट स्याम्पुको विज्ञापन सुटिङको क्रममा भएको थियो।
यद्यपि पहिलो नजरमै उनीहरू दुवै एकअर्कासँग प्रेममा परेनन्, तर दुवै साथी बने।
बिस्तारै उनीहरू गोप्य रूपमा भेट्न थाले र २०१४ मा, दक्षिण अफ्रिका भ्रमणबाट फर्केपछि, विराट अनुष्काको घरमा गएको देखियो।
भेटघाटहरू बढ्दै गए।
कहिले विराट अभिनेत्रीको फिल्मको सेटमा देखिन्थे त कहिले अनुष्का विराटलाई हौसला दिन स्टेडियम पुग्थिन्। यस क्रममा दुवै तर्फबाट फ्लाइङ किसको आदानप्रदान निकै भएको थियो।
विराट–अनुष्काको ब्रेकअप भएको थियो?
विराट र अनुष्काले आफ्नो सम्बन्धमा धेरै उतारचढाव देखेका छन्।
एक समय थियो, जब मानिसहरूले विराटको खराब प्रदर्शनको लागि अनुष्का शर्मालाई निशाना बनाएका थिए र उनी धेरै ट्रोल भएकी थिइन्।
सन् २०१६ मा दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरे। यसपछि उनीहरूको ब्रेकअपको खबर फैलिन थाल्यो। यद्यपि, पछि दुवैबीच मेलमिलाप भयो।
२०१७ मा भव्यताका साथ विवाह
२०१७ मा, दुवैले इटालीमा विवाह गरेका थिए। २०२१ मा, दम्पतीले छोरी वामिका र २०२४ मा छोरा अकेलाई स्वागत जन्माएका थिए।
अहिले उनीहरू एकअर्कोसँग खुसी छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया