बिएल संवाददाता
बलिउडका लोकप्रिय अभिनेताहरूमध्ये एक हुन्, शाहरुख खान। उनले आफ्नो करियरमा धेरै आराेह–अवराेहहरूकाे पनि सामना गरेका छन्।
उनले दूरदर्शनमा प्रसारित हुने टिभी सिरियलबाट आफ्नो अभिनय करियर सुरु गरेका थिए। त्यसपछि उनी हिन्दी फिल्म उद्योगमा भित्रिएका थिए।
बलिउडमा आएपछि उनले कहिल्यै पछाडि फर्केर हेरेनन्। तर, यसअघि उनले आफ्नो जीवनमा धेरै दुःख भोगेका छन्।
जब शाहरुख खान पूर्ण रूपमा नयाँ थिए उनले उद्योगमा प्रवेश गर्न धेरै संघर्ष गर्नुपरेको थियो।
यसैबीच उनले आफ्ना आमाबाबुलाई पनि गुमाए। अभिनेताकाे त्याे अवस्थाबारे नजिकबाट नियालेका थिए प्रसिद्ध अभिनेता मनोज बाजपेयीले।
उनले आफ्नो करियरको सुरुवाती दिनहरूमा शाहरुखसँग काम गरेका थिए। उनले एक अन्तर्वार्तामा शाहरुखको कथा सुनाएका थिए।
मनोज बाजपेयीले एक अन्तर्वार्तामा शाहरुखसँगको आफ्नो सम्बन्धको बारेमा भनेका थिए, ‘जब हामी १९-२० वर्षका थियौं। हामीले डेढ वर्ष सँगै काम गर्यौं। त्यो चिनजान एकअर्काप्रतिको त्यो सम्मान अझै पनि छ।’
शाहरुख खान र मनोज बाजपेयी पनि ठूलो पर्दामा सँगै देखिएका छन्। दुवैले 'वीर-जारा' मा सँगै काम गरेका थिए।
२००४ को यो फिल्म यश चोपडाले निर्देशन गरेका थिए जसमा प्रीति जिन्टा शाहरुखको अपोजिटमा मुख्य भूमिकामा थिइन्।
फिल्ममा मनोजले जारा अर्थात् प्रीति जिन्टाको मंगेतर राजा शिराजीको भूमिका निभाएका थिए। राजाको भूमिका फिल्मको खलनायकको थियो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया