आइतबार, १३ जुलाई २०२५

प्राचीकाे प्रेममा पागल थिए राेहित शेट्टी !

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
2025-07-13 16:00:00
News Image
• • •

बलिउडका निर्देशक राेहित शेट्टीले धेरै हिट फिल्महरू दिएका छन्।

उनका फिल्महरू प्रायः एक्शनवाला हुन्छन्। जसलाई दर्शकहरूले खुबै रूचाउने गरेका छन्।

तर, बलिउडमा सधैं एक्शन फिल्महरू दिने राेहितकाे नाम पनि एक अभिनेत्रीसँग जाेडिएकाे थियाे। 

जसको प्रेममा उनले आफ्नी श्रीमती र छोरालाई पनि बिर्सेका थिए। तर उनै अभिनेत्रीले १३ वर्षअघि रोहित शेट्टीलाई करोडौं रुपैयाँ कमाउन मद्दत गरेकी थिइन्। तर कसरी?

रोहित शेट्टीको नाम बलिउडकी एक अभिनेत्रीसँग जोडिएको थियो। ३६ वर्षीया यी अभिनेत्री अहिले फिल्मबाट टाढा छिन्। 

तर एक समय यस्तो थियो जब उनी रोहित शेट्टीसँग लिभ-इन रिलेसनशिपमा बस्न थालिन्। दुवै जनाबीचको प्रेमको चर्चा पनि फैलियाे। 

तर समय बित्दै जाँदा रोहित शेट्टी आफ्नी श्रीमतीकहाँ फर्किए र ती अभिनेत्रीबाट टाढा भए। तर जहाँबाट उनीहरूको कथा सुरु भयो, त्यहाँबाट उनीहरूले करोडौं कमाए।

खासमा, अभिनेत्री प्राची देसाई र राेहितकाे भेट कुनै फिल्मको सेटमा भएको थियो। पहिलाे भेटमै राेहितलाई प्राची मनपरेकाे थियाे। 

तर विस्तारै उनीहरूबीच चिनजान बढ्याे। र, फिल्म 'बोल बच्चन'मा उनीहरूबीच झनै नजिकिए। 

यो फिल्म २०१२ मा रिलिज भएको १३ वर्ष भइसक्यो। यो फिल्ममा अजय देवगन, अभिषेक बच्चन, अमिताभ बच्चन, असिन र प्राची देसाईले काम गरेका थिए।

रोहित शेट्टीको 'बोल बच्चन' ६५ करोडको बजेटमा बनेको थियो। अर्कोतर्फ, फिल्मले विश्वभर १७५ करोडको व्यापार गर्‍यो। जुन बक्स अफिसमा हिट साबित भयो।

फिल्मको भारतीय नेट कलेक्शन १०३ करोड थियो र विदेशमा ३० करोड कमाई थियो। 

त्याे फिल्म हिट भएपछि राेहित शेट्टी अभिनेत्री प्राची देसाईको प्रेममा यति डुबेका थिए कि उनी आफ्नी श्रीमतीबाट अलग हुन पनि तयार थिए। 

उनले आफ्नो छोरालाई पनि ध्यान दिएनन्। तर प्राचीसँग बस्न थालेपछि उनला परिवारकाे यादले सताउन थाल्याे। अनि फेरि उनी परिवारकहाँ फर्किए। 

त्यसपछि राेहित शेट्टी र प्राचीले कहिल्यै एकसाथमा काम गरेनन्। 

 

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?