बिएल संवाददाता
पाठेघरको मुखको क्यासरबाट मत्यु भएकी भनिएकी इन्डियन मोडेल तथा अभिनेत्री पुनम पाण्डे जिउँदै रहेको पाइएको छ।
पाण्डेले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गर्दै क्यान्सरसम्बन्धी जनचेतना फैलाउन पब्लिसिटी स्टन्ट गरेको बताएकी हुन्।
हिजो मात्रै ३२ वर्षीया मोडल तथा अभिनेत्री पुनम पाण्डेको मृत्युको खबरले भारतीय उद्योगमा सनसनी फैलाएको थियो।
उनले भिडियोमा भनेकी छिन्। ‘म जिउँदै छु। मरेकी छैन। पाठेघरको मुखको क्यान्सर भएको हैन। म के भन्न चाहन्छु भने पाठेघरको मुखको क्यान्सर अरू क्यान्सरजस्तो होइन। यो रोक्न सकिन्छ। तपाईंले आफ्नो परीक्षण गर्नु र एचपिभी खोप लिनु पर्छ। हामी यो सबै गर्न सक्छौँ ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस्।’
पुनमले आइतबार बिहान १० बजे लाइभ आएर यो जानकारी दिन चाहन्थिन् तर उनको निधनको खबरले मानिसहरु आक्रोशित र अन्योलमा परेको देखेर उनले आज नै भिडियो शेयर गर्ने निर्णय गरेकी हुन्।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया