बिएल संवाददाता
पाठेघरको मुखको क्यासरबाट मत्यु भएकी भनिएकी इन्डियन मोडेल तथा अभिनेत्री पुनम पाण्डे जिउँदै रहेको पाइएको छ।
पाण्डेले सामाजिक सञ्जालमा एउटा भिडियो सेयर गर्दै क्यान्सरसम्बन्धी जनचेतना फैलाउन पब्लिसिटी स्टन्ट गरेको बताएकी हुन्।
हिजो मात्रै ३२ वर्षीया मोडल तथा अभिनेत्री पुनम पाण्डेको मृत्युको खबरले भारतीय उद्योगमा सनसनी फैलाएको थियो।
उनले भिडियोमा भनेकी छिन्। ‘म जिउँदै छु। मरेकी छैन। पाठेघरको मुखको क्यान्सर भएको हैन। म के भन्न चाहन्छु भने पाठेघरको मुखको क्यान्सर अरू क्यान्सरजस्तो होइन। यो रोक्न सकिन्छ। तपाईंले आफ्नो परीक्षण गर्नु र एचपिभी खोप लिनु पर्छ। हामी यो सबै गर्न सक्छौँ ताकि यो रोगको कारण अरू कसैले आफ्नो जीवन गुमाउनु नपरोस्।’
पुनमले आइतबार बिहान १० बजे लाइभ आएर यो जानकारी दिन चाहन्थिन् तर उनको निधनको खबरले मानिसहरु आक्रोशित र अन्योलमा परेको देखेर उनले आज नै भिडियो शेयर गर्ने निर्णय गरेकी हुन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया