बिएल संवाददाता
बलिउडका सुपरस्टार शाहरुख खान र सलमान खान दुवै–जना आफ्नो अभिनयले चर्चित छन्। उनीहरूकाे नामले नै फिल्म पनि हिट हुने गर्छ।
यदी सलमानका फिल्म फ्लप भएपनि सजिलै सय करोड कमाएकै हुन्छ।
शाहरुख र सलमानलाई ठूलो पर्दामा सँगै देख्दा उत्साहित हुन्छन् दर्शकहरू। उनीहरूकाे फिल्मले धमाका मच्चाउने जनविश्वास छ।
हालै चर्चित कमेडियन अभिनेता जोनी लिभरले दुवैको काम गर्ने शैलीको बारेमा कुरा बताएका थिए।
सन् १९९५ को ब्लकबस्टर फिल्म करण अर्जुनमा जोनी लिभर पनि शाहरुख–सलमानसँग देखिएका थिए।
हालै एक अन्तर्वार्ताका क्रममा जोनीले फिल्म करण अर्जुनको सेटमा पुराना दिन सम्झेका थिए।
यस क्रममा उनले शाहरुख खान र सलमान खानको कार्यशैलीमा ठूलो भिन्नता पनि औंल्याए।
जोनीका अनुसार सलमान खान आफ्नो काम आरामसँग गर्न रुचाउँछन्। सेटमा उनको स्वभाव एकदमै शान्त रहन्छ।
जोनीले सलमान खानको व्यवहारको प्रशंसा गर्दै अभिनेताले धेरै तनाव नलिने र आफ्नो कामप्रति हल्का दृष्टिकोण रहेको बताए।
त्यस्तै, शाहरुख खानको काम गर्ने शैली सलमान खानभन्दा निकै फरक छ। जोनीले भनेअनुसार शाहरुख आफ्नो काम गहिरो बुझ्छन् र धेरै समर्पित छन्।
उनी आफ्नो चरित्रको गहिराइमा डुब्छन् र चरित्रको बारेमा धेरै छलफल पनि गर्छन्।
शाहरुखको मेहनत पर्दामा प्रष्ट देखिन्छ।
जोनी लिभरका अनुसार उनी फिल्मका सबै सेटमा निकै रमाइलो गर्थे। तर, सलमान आराम गरेर आफ्नै संसारमा हराउँथे। उनले काममा धेरै तनाव लिएनन्।
करण अर्जुनलाई सबैले निकै मन पराएका थिए। यस फिल्ममा सलमान र शाहरुख पहिलो पटक सँगै देखिएका थिए। दुबैको यो ब्लकबस्टर फिल्मलाई राकेश रोशनले निर्देशन गरेका हुन्।
नेपाल पुनर्संरचना किन?
रामकुमारी झाँक्री: ‘बोल्न पाइन्छ’ देखि ‘फर्किन पाइन्छ’ सम्मको यात्रा
देश र प्रहरी संगठनको हितमा वरिष्ठलाई ‘आईजीपी’
स्वतन्त्रता भनेको स्वच्छन्दता र अराजकता होइन
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया