बिएल संवाददाता
बलिउड अभिनेता गोविन्दा आफ्नो व्यक्तिगत जीवनलाई लिएर सधैं चर्चामा छाइरहन्छन्। गोविन्दा र उनको परिवारको बारेमा हरेक दिन कुनै न कुनै समाचार बाहिरिरहन्छ।
पछिल्लाे समय नै गोविन्दाकी भान्जी तथा टिभी अभिनेत्री आरती सिंहले बिहे गर्ने कुरा बाहिर आएको छ। त्यसपछि सबैको मनमा एउटा प्रश्न घुमिरहेको छ कि गोविन्दा आफ्नी भान्जीको बिहेमा जान्छन् कि जान्दैनन्?
यी प्रश्नहरूको बीचमा गोविन्दाकी अर्की भान्जी तथा टिभी अभिनेत्री रागिनी खन्नाको एउटा बयान भाइरल भइरहेको छ।
गोविन्दा आफ्नो परिवारको सबैभन्दा ठूलो स्टार हुन्। अभिनेताको परिवारका धेरै छोराछोरीहरू उनको काम र उनको बाटोमा लागेका छन्।
कृष्णा अभिषेक, आरती सिंह र रागिनी खन्नाले पनि आफ्नो मामा जस्तै ठूलो स्टार बन्ने सपना देखेका थिए। तर, उनले त्यो स्थान हासिल गर्न सकेनन्।
हालै एक अन्तर्वार्तामा रागिनीलाई सोधिएको थियो कि गोविन्दाको भान्जी हुनुले उनको करियरलाई कत्तिको फाइदा पुग्यो?
त्यस प्रश्नको जवाफ दिँदै रागिनीले यसबाट कुनै फाइदा नपाएको जवाफ दिइन्। उनले भनिन्, 'उहाँ ठुलाे कलाकार हुनुहुन्छ। म उहाँकाे छाेरी हाेइन। उहाँकाे छाेराछाेरीलाई म प्रेम गर्छु तर काममा जाँदा त्याे नजरले हेरिदैन।'
रागिनी अभिनेत्री मात्र हाेइनन् कार्यक्रमकी होस्ट र कमेडियन पनि हुन्। उनले आफ्नो अभिनय करियर सानो पर्दाबाट सुरु गरेकी थिइन्।
उनी सिरियल ‘राधा की बेतियाँ केही कर देखेंगे’ मा देखिएकी थिइन्। यसका साथै उनले ‘भास्कर भारती’ र 'ससुराल गेंडा फूल' जस्ता सिरियलमा पनि काम गरिसकेकी छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया