बिएल संवाददाता
नेपालको पहिलो अर्न्तराष्ट्रिय फ़्रेन्चाइज् गायन रियालिटी शो नेपाल आइडलको पाँचौ संस्करण आजबाट प्रसारण सुरु हुँदैछ।
आज साँझ ८:३० बजे एपिवान टेलिभिजनबाट प्रसारण हुने कार्यक्रमको सात प्रदेशका आठ सहरमा अडिसन भएको थियो।
कार्यक्रमको पहिलो एपिसोडमा बिर्तामोड अडिसन देखाइने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले बताएका छन्।
निर्देशक पौडेल भन्छन्, ‘यो सिजनले दर्शकलाई भरपुर मनोरंजन दिने र नेपाली संगीत क्षेत्रका लागि असाध्यै प्रतिभावान गायक गायिका खोजि गर्नेछ।’ यस्तै जजमध्येका एक न्य्हू बज्राचार्य विगतका सिजनमा भन्दा यो सिजनमा अझ बढी सक्षम सिङ्गरहरु अडिसनमा आएको बताउँछन्।
जे होस्, नेपाली संगीत क्षेत्रका लागि नेपाल आइडल एक कडीको रुपमा स्थापित छ। किनभने, नेपाल आइडलमा अघिल्ला सिजनमा सहभागी प्रतिस्पर्धीहरुले नै अहिले नेपाली संगीत जगदम राज गरिरहेका छन्।
अश्मिता अधिकारी, रचना रिमाल, निशान भट्टराई, प्रताप दाश लगायतका गायक गायिकाहरु नेपाल आइडलले नै उत्पादन गरेको हो। उनीहरू नेपाली संगीतमा सक्रिय त छन् नै संगीत क्षेत्रको अग्रस्थानमा पनि छन्।
नेपालमा अन्य गायन रियालिटी शो हरु भए पनि नेपाल आइडलले छुट्टै पहिचान बनाएको छ।
‘सिजन ५’ मा ‘सिजन २’ का प्रस्तोता र जजहरु एकत्र भएका छन्। त्यसैले पनि यो सिजनको चर्चा राम्रो भैरहेको छ।
जजका रुपमा न्य्हू बज्राचार्यसंगै इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा छन् भने कार्यक्रमलाई आशिफ शाह र रीमा विश्वकर्माले सञ्चालन गर्नेछन्।
कार्यक्रम हरेक शुक्रबार र शनिबार ८:३० देखि १० बजे सम्म एपिवान टेलिभिजनबाट प्रसारण हुनेछ। आइडलको यो सिजनलाई भिभोले टाइटल स्पोन्सर गरेको छ।
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया