बिएल संवाददाता
भावना आचार्य र रामचन्द्र काफ्लेको स्वर रहेको ‘सोच सोच’ बोलको तीज गीतको भिडियो सार्वजनिक भएको छ।
गायिका आचार्यकै शब्द तथा संगीत सृजना रहेको गीतमा हेमन्त शिशिरको एरेन्ज छ। हिन्दु नारीहरूको महान पर्व तीज नजिकिँदै गर्दा सार्वजनिक गीतको भिडियोमा गायिका भावनाले समयमा नै विवाह गर्न भन्दै रमाइलो शैलीमा आग्रह गरेकी छिन्।
भिडियोमा नायिका शिल्पा पोखरेल र नबिन किशोरको जोडी सुहाएको छ। लामो समयपछि नायिका शिल्पा भावनाकै भिडियोबाट फेरी काममा फर्किएकी हुन्। भिडियोमा शिल्पा र नबिनका अलावा गायक गायिकाको पनि अभिनय देख्न सकिन्छ।
निर्देशक नितिन चन्दको निर्देशनमा तयार भएको भिडियोको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका हुन्। सौखिन तिमल्सेनको सम्पादन रहेको भिडियोको छायांकन बिनोद विष्टले गरेका हुन्।
गायनसँगै अभिनयमा रुची राख्ने गायिका भावना पछिल्ला भिडियोमा आफैं पनि मोडलका रुपमा देखा पर्दै आएकी छिन्।
भावनाका बग्ने खोला, मुलको पानी, चट्ट रातो सारीमा, टिकटक चलाउने, उडी-उडी आ-सुवा, मलाई दिउँ दिउँ झै लाउने, लगायतका गीतहरू बजारमा आइसकेका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया