बिएल संवाददाता
अनीत पड्डा र अहान पाण्डे फिल्म सैयाराका कारण निकै चर्चामा छन्।
फिल्म रिलिजसँगै उनीहरूको जोडीलाई दर्शकहरूले रूचाइरहेका छन्। अझै अभिनेत्री अनीत पड्डाको चर्चा धेरै चुलिएको छ।
खासमा, फिल्म सैयारामा अभिनय गरेकी अनीतको जन्म १४ अक्टोबर २००२ मा पञ्जाबमा भएको थियो।
अभिनेत्रीले आफ्नो स्कूली शिक्षा अमृतसरबाट पूरा गरिन्। उनले १२ कक्षासम्म अमृतसरको स्प्रिंग डेल सिनियर स्कूलबाट पढिन्।
यसपछि उनले दिल्ली विश्वविद्यालयबाट राजनीतिशास्त्रमा डिग्री हासिल गरिन्।
अभिनेत्रीले आफ्नो करियर मोडलिङबाट सुरु गरेकी थिइन्। २३ वर्षीया अनित पड्डा धेरै ग्ल्यामरस छिन्।
सामाजिक सञ्जालमा उनको ठूलो फ्यान फलोइङ छ।
अब उनी आफ्नो डेब्यू फिल्म मार्फत दर्शकहरूको मनमा आफ्नो स्थान बनाउँदै छिन्।
तर यसअघि पनि उले फिल्महरूमा काम गरिसकेकी छिन्।
उनले काजोलसँग सलाम भेन्कीमा काम गरेकी थिइन्। यस फिल्ममा उनी नन्दिनीको भूमिकामा देखिएकी थिइन्।
फिल्महरू बाहेक उनी धेरै वेब सिरिजहरूमा पनि देखा परिसकेकी छिन्।
अभिनय बाहेक, अनितलाई संगीतमा पनि धेरै रुचि छ र उनी धेरै पटक गाउँदै गरेको देखिएकी छिन्।
यस बाहेक उनी धेरै विज्ञापनहरूको हिस्सा पनि बनेकी छिन्। अनित पड्डाले नेस्काफे, क्याडबरी डेरी मिल्क, अमेजन इन्डिया, पेटीएम जस्ता ब्रान्डहरूसँग काम गरिसकेका छन्।
पहिले ‘ड्रग्स’ खान्थे, अहिले ‘पठाओ’ चलाउँछन्...
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया