महेश चौलागाईं
कर्णालीको उचाई र जुम्लाली संस्कृतिको गहिराइलाई पहिलोपटक राष्ट्रिय स्तरमा गुञ्जाउने प्रयास सुरु भएको छ।
नेपाली भाषाको उद्गमस्थल जुम्लामा ‘जुम्ला आइडल’ आयोजना हुँदैछ, जसमा झ्याउरे भाका, देउडा, लोकसंगीत, परम्परागत नृत्य र भेषभूषाले मञ्च रंगिनेछन्।
कार्यक्रम ‘जुम्ला आइडल— डान्सिङ एन्ड सिंगिङ’ भदौ र असोज महिनामा खलंगामा हुनेछ। आयोजक टिमका तुलराज गिरीका अनुसार, जुम्लाको दुर्गम भौगोलिक अवस्था र सीमित अवसरका बाबजुद यहाँका युवामा लुकेका प्रतिभा अद्भुत छन्।
‘हाम्रो लक्ष्य गाउँ–गाउँको स्वर र नृत्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउनु हो,’ उनले भने।
कार्यक्रम आयोजनाका लागि करिब २० लाख लागत लाग्ने अनुमान गरिएको छ र कर्णालीका संघसंस्था, समाजसेवी, व्यवसायी तथा शुभेच्छुकसँग सहयोगको अपेक्षा गरिएको छ।
विजेताले २ लाख २२ हजार २२२ रुपैयाँ नगद पुरस्कार पाउनेछन्।
आइतबारदेखि आवेदन खुल्ने र प्रतियोगिता खलंगामै सम्पन्न हुने आरकेबी इन्टरटेन्मेन्ट हाउसका निर्देशक राजकुमार वैश्यले जानकारी दिए।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया