बिएल संवाददाता
गाईजात्रा पर्वको अवसरमा रिपोर्टर्स क्लब नेपालले हाँस्य कलाकारहरूसँग साक्षात्कार कार्यक्रम गरेको छ।
साक्षत्कार कार्यक्रममा हाँस्यकलाकारहरू सन्तोष खनाल, सुयशा खनाल, सुवोध गौतम, दमन रूपाखेती, दिनेश काफ्ले, प्रभात लामा, सुन्दर खनाल, हिमेश पन्त, लगायतले प्रस्तुति राखेका थिए।
हाँस्यकलाकार रूपाखेतीले तीन शीर्ष नेताहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को बारेमा व्यङ्ग्य गरे। उनले आफ्नो कमेडीमार्फत वृद्ध नेताहरूले अब राजनीतिबाट सन्यास लिनुपर्ने सन्देश दिए।
‘ओलीको बोलीले देश र जनतालाई भयो झेली। आफूमात्रै ठीक, अरु बेठीक ठान्ने। आफूलाई मान्नेलाई कार्यकर्ता मान्ने, आफूलाई नमान्नेलाई पार्टीबाटै हटाउने। कम्युनिष्टको नाममा कमाउनिष्ट भएर जनतालाई ट्वाँ पार्ने गाईजात्रे ओलीलाई सबै मिलेर बाँधौं,’ जोगीले फेरि लगाउने शैलीमा उनले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीप्रति व्यङ्ग्य गरे।
अर्का हाँस्य कलाकार शिवशंकर रिजाल ‘जोगिन्दर’ देशमा भइरहेको भ्रष्टाचारबारे आफ्नो व्यङ्ग्य प्रस्तुत गरे। उनले कवितात्मक शैलीमा आफ्नो प्रस्तुति यसरी राखे, ‘राम्रा मान्छे पनि बिग्रिन्छन् रे सदनभित्र छिरेपछि। भ्रष्टाचारको त बोरै निस्किँदोरहेछ मन्त्री र सांसदको भुँडी चिरेपछि।’
उनले आफूले प्रत्येक २२ वर्षदेखि गाइजात्रा गर्दै आइरहेको बताए। यस पटक पनि ओएसआर डिजिटलमार्फत मिसन नौटङ्की भन्ने गाइजात्रे प्रस्तुति दिएको उनले बताए।
त्यस्तै, अर्का हाँस्यकलाकार श्रीकृष्ण सिम्खडाले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति देउवालगायतको क्यारिकेचर गरेका थिए। उनले आफ्नो रचना रहेको गीतसमेत सुनाएका थिए।
कलाकार राजेन्द्र पोखरेलले देशमा नकारात्मकता मात्रै देख्न नहुने धारणा राखे। देश पहिला के थियो र अहिले के भइरहेको छ भन्ने कुरा पढेलेखेका मान्छेहरूलाई थाहा हुनुपर्ने उनको भनाइ थियो। ‘पहिला ऋणको अनुपात के थियो, अहिले के छ, पहिला विद्युतीकरण के थियो, अहिले कति छ? पढेलेखेका मान्छेहरूलाई थाहा होस्,’ उनले भने।
वरिष्ठ हाँस्य कलाकार शैलेन्द्र सिम्खडाले ०३७ सालदेखि आफू निरन्तर गाइजात्रामा रहेको बताए। आफ्नो मुख्य उद्देश्य भनेको हाँस्य-व्यङ्ग्यको माध्यमबाट समाजमा सकारात्मक सन्देश फैलाउनु रहेको उनले बताए।
अहिले गाइजात्रा दैनिक रुपमा सडकमै भइरहेको बताए। उनले आफ्नो प्रस्तुतिलाई यसरी कवितात्मक शैलीमा प्रस्तुत गरे।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया