तेजन खड्का
पूर्वी नेपालको टीमले सीमित स्रोत–साधनमा निर्माण गरेको नेपाली चलचित्र ‘तिम्रो मेरो कथा’को विराटचोकमा भव्य प्रिमियर सम्पन्न भएको छ।
शनिबार विराटचोकस्थित विराट सिनेमामा गरिएको प्रिमियर शोमा हल पूर्ण रूपमा भरिएको थियो।
मोरङका विभिन्न स्थानमा छायांकन गरिएको यस चलचित्रलाई अनिश घिमिरेले निर्माण तथा निर्देशन गरेका हुन्। फिल्ममा अनिश घिमिरे, करण धिताल, शलु लिम्बू लगायतका कलाकारको मुख्य भूमिका छ।
प्रेम र विछोडको कथामा आधारित फिल्ममा केही उत्कृष्ट एक्सन दृश्य पनि समावेश छन्, जसलाई दर्शकले निकै रुचाएका छन्। कलाकारहरूको अभिनयलाई समेत दर्शकले खुलेर प्रशंसा गरे।
निर्माता तथा निर्देशक घिमिरेका अनुसार ‘तिम्रो मेरो कथा’लाई विराटनगर, पथरी, दमकसहित पूर्वका विभिन्न हलहरूमा च्यारिटी शोमार्फत प्रदर्शन गर्ने तयारी भइरहेको छ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया