
बिएल संवाददाता
नेपाली हिपहपका सुपरस्टार नवाज अन्सारीको बहुप्रतिक्षित ‘साम्राज्य टुर सिड्नी’ कार्यक्रम ५ अगस्टका दिन यूएनएसडब्लुको राउण्ड हाउसमा भव्य रूपमा सम्पन्न भयो।
करिब दुई हजार दर्शकहरूको ऐतिहासिक उपस्थितिसँगै यो कार्यक्रम सिड्नीको हिपहप इतिहासमै अहिलेसम्मकै सबैभन्दा ठूलो नेपाली हिपहप इभेन्टको रूपमा चिनिएको छ।
पूरै हिपहप थिममा आधारित यति ठूलो शो सिड्नीमा यसअघि कहिल्यै आयोजना भएको थिएन। नवाज अन्सारीको दमदार र्याप, उर्जाशील स्टेज उपस्थिति र सशक्त प्रस्तुतिले दर्शकहरूलाई झुमाएको थियो। साथै, सिड्नीका उत्कृष्ट स्थानीय कलाकारहरू र डान्स क्रूहरूले कार्यक्रमलाई अझ विशेष बनाएका थिए।
सिड्नी कार्यक्रमको आयोजना
सिड्नी इभेन्टको प्रमुख आयोजना Moksh Events and Entertainment द्वारा गरिएको थियो, जसका प्रबन्ध निर्देशक प्रणय ओझा हुन्। कार्यक्रम व्यवस्थापनमा Kaal Bhairav Events को पनि साथ थियो, जसका निर्देशकहरू विवेक बस्नेत र मनोज जीसी हुन्।
Moksh Events को समन्वय, ब्रान्डिङ, टिकटिङ र मिडिया संयोजनले शोलाई उच्चतम स्तरमा पुर्याएको थियो।
अष्ट्रेलिया टुरको समग्र व्यवस्थापन
नवाज अन्सारी साम्राज्य टुर अष्ट्रेलियाको सम्पूर्ण व्यवस्थापन Vishika Films द्वारा गरिएको हो। Vishika Films का निर्देशकहरू सुदिन केसी, प्रज्ञान श्रेष्ठ र गोविन्द भण्डारी हुन्। टुर अन्तर्गतका तीन प्रमुख सहरहरू– मेलबर्न, ब्रिसबेन र सिड्नी– मा भएको प्रत्येक कार्यक्रम व्यवस्थित र भव्य रूपमा सम्पन्न गरिएको थियो।
अन्य सहरका आयोजकहरू
• मेलबर्न कार्यक्रमको आयोजना Bajra Events ले गरेको थियो, जसका प्रबन्ध निर्देशक विवेकजंग खत्री हुन्।
• ब्रिसबेन कार्यक्रमको आयोजना Sarkar Entertainment ले गरेको हो, जसको नेतृत्वमा सतीश गुरुङ र सरोज रहेका थिए।
प्रोडक्सन टिम
पूरै टुरको स्टेज प्रोडक्सन, लाइट र साउन्ड व्यवस्थापनको जिम्मा The Bitrates ले लिएको थियो। आधुनिक प्रविधि र व्यावसायिक टिमको सहयोगले कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गरिएको थियो।
साम्राज्य टुर अष्ट्रेलिया ले नेपाली हिपहप संगीतलाई प्रवासमा एक ऐतिहासिक उचाइमा पुर्याएको छ। यो टुरले देखाएको उर्जा, व्यावसायिकता र जनसमर्थन नेपाली कलाकारिता र कार्यक्रम व्यवस्थापनको भविष्यका लागि प्रेरणादायी बनेको छ।
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया