बिएल संवाददाता
अभिनय र नृत्यले दर्शकलाई लोभ्याएका छन् बलिउड अभिनेता गोविन्दले।
मिजासिलो स्वभावका कारण पनि उनका कयौं फ्यान्सहरू छन्। उनलाई हेर्नका लागि मरिहत्ते गर्छन्।
तर पछिल्लो समय भने उनको अभिनय र करिअरको खबरभन्दा धेरै उनको व्यक्तिगत कुराबारे चर्चा भइरहेको छ। अभिनेताको ‘डिर्भोस’बारे अफवाह फेरि फैलिन थालेको छ।
खबरअनुसार गोविन्द र सुनिता अलग हुँदैछन्। केही महिनाअघि पनि यस्तो खबर फैलिएको थियो। सुनिताले गोविन्दसँग छुट्नका डिर्भोसको तयारी गरेकी थिइन्, जुन कुराको पुष्टी अभिनेताको वकिलले गरेका थिए।
तर पछि उनीहरूले सम्झदारीमा डिर्भोस गरेनन्। तर अहिले फेरि उनीहरूको डिर्भोस खबर फैलिन थालेको छ। यसैबीच फिल्म प्रोड्यूसर पहलाज निहलानीको एक अन्तर्वार्ता भाइरल भइरहेको छ। जहाँ गोविन्द–सुनिताको सम्बन्धबारे भनिएको छ।
उनले एक पुरानो अन्तर्वार्तामा भनेका थिए कि गोविन्द र सुनिताको सम्बन्धलाई कसैले टुटाउन सक्दैन। चाहे अभिनेताको १० अफेयर नै किन नहोस्।
उनले भनेका थिए कि, ‘सुनिता र गोविन्दको अमर प्रेमबीच कोही आउन सक्दैन। सुनिता आफ्नो कुरा भन्छिन् र गोविन्द कहिले भड्क्दैनन्। अभिनेताको १० वटा अफेयर भएपनि उनीहरूको विवाह कायमै रहन्छ।’
पहलाजले सुनिता र गोविन्दको अफेयरको खबर फैलिनुको कारण पनि खुलाएका छन्।
उनका अनुसार गोविन्द आफ्नो परिवारबाट टाढा बसेकै कारण यस्ते डिर्भोस अफवाह फैलिरहेको हो।
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
समावेशिताको मुद्धा बोकेको नेकपाले कर्णालीमा के गर्ला ?
डेलिभरी राइडरको भोगाइः अँध्यारो रात र ओझेल परेका सपना, गन्तव्यको छैन अत्तोपत्तो
‘प्रहरी पनि मानिस हुन्, जे पनि भन्न पाइन्न’
युवाः भोलिका कर्णधार कि आजका साझेदार?
तिमी बोल्दा संसार बाँच्छ
सूर्यको सत्ता
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया