तेजन खड्का
नेपाली चलचित्र क्षेत्रकी चर्चित नायिका रेखा थापाले हरितालिका तिजलाई नारीहरूको सौभाग्य र समृद्धिका लागि मात्र नभई नारी शक्तिको उत्सवका रूपमा लिनुपर्ने बताएकी छन्।
उनका अनुसार धार्मिक दृष्टिले महत्वपूर्ण मानिने यो पर्वलाई अझ व्यापक अर्थमा बुझ्न आवश्यक छ।
‘तिजलाई म नारी दिवस वा नारी सम्मेलनकै रूपमा पनि हेर्छु, जहाँ दिदीबहिनीहरू एउटै ठाउँमा भेला भएर नाचगानमार्फत मनभित्रको पीडा र नकारात्मकतालाई जरैबाट उखेल्ने अवसर पाउँछन्,’ थापाले बताइन्।
तिजको मौलिक मूल्य, संस्कृति र संस्कारको संरक्षणमा जोड दिँदै उनले भड्किलो खर्चभन्दा यसको सकारात्मक पक्षसँग नजिक भएर भव्य तर सादगीपूर्ण ढंगले मनाउन सबैलाई आग्रह गरेकी छन्। नायिका थापाले स्वदेशका साथै विदेशमा रहेका नेपाली महिलालाई समेत हरितालिका तिजको शुभकामना दिएकी छन्।
‘हिरो’ चलचित्रमार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गरेकी थापा पहिलो चलचित्रबाटै दर्शकमाझ पहिचान बनाउन सफल भइन्। त्यसयता कसले चोर्यो मेरो मन, हिफाजत, काली, हिम्मतवाली लगायत दर्जनौँ हिट चलचित्रमा अभिनय गर्दै नेपाली सिनेमाको लोकप्रिय अनुहार बन्न सफल भइन्।
ग्ल्यामर र स्टारडमले चर्चामा ल्याएकी थापा पछिल्ला वर्षमा सामाजिक अभियन्ता र राजनीतिमा समेत सक्रिय छिन्। महिला अधिकार, सामाजिक न्याय र राष्ट्रिय स्वाभिमानका विषयमा मुखर अभिव्यक्ति दिने उनी नेपाली फिल्म क्षेत्रकी सर्वाधिक प्रभावशाली महिला कलाकारमध्ये एक मानिन्छिन्।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया