बिएल संवाददाता
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र अभिनेता राजेश हमालबीच सिनेमा संवाद हुने भएको छ।
सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को अवसरमा सो संवाद हुन लागेको हो।
स्वदेशी तथा विदेशी चलचित्रकर्मीको माझमा राष्ट्रिय सभागृहमा शुक्रबार बिहान ११ बजेदेखि दिउँसो बजेसम्म उनीहरूबीच संवाद हुने भएको छ।
सो क्रममा फिल्मका विविध आयाम र विधालाई समेटेर छलफल हुनेछ। सो संवाद कार्यक्रममा सर्वसाधारणले निःशुल्क सहभागी हुन पाउने छन्।
चैतको १ गतेदेखि सुरु भएर ५ गतेसम्म चल्ने महोत्सवमा निर्देशन शिल्प, नेपाली चलचित्रको बजार, चलचित्र समीक्षा र एआईको भविष्यका विषयमा छलफल हुने बताइएको छ। महोत्सवमा ४० देशका ८८ वटा फिल्म देखाइनेछ।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया