बिएल संवाददाता
चलचित्र ‘उपहार’की नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन। उनले फिल्मको नाम सोचिरहेको बताएन।
नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउँदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफूबाट कदापि नहुने उल्लेख गरिन्।
‘मेरो अझै दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ’, रेखाले भनिन्।
रेखा थापा वैशाखको १८ गते नेपाल फर्किँदैछिन। उनी नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने उल्लेख गरिन्।
फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाएकाे बताइन्। यसैले यी सबै कुरालाई ध्यानमा राखेर नयाँ फिल्म बनाउने तयारीमा लाग्ने उनकाे भनाइ छ।
फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ। अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन्।
फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया