बिएल संवाददाता
थलपति विजय साउथ सिनेमाको सबैभन्दा चर्चित अभिनेताको लिस्टमा पर्छन्। आफ्नो करिअरमा उनले एक–से–एक सुपरहिट फिल्म दिएका छन्।
उनको फ्यान्सहरू देशमा मात्र नभई विदेशमा पनि छन्। विदेशीले पनि उनको फिल्मलाई रुचाउने गर्छन्। उनको चर्चा अहिले देशदेखि विदेशसम्म छ।
तर अहिले यसरी चर्चामा शिखरमा पुगेका विजयको परिवारले भने कुनैबेला आर्थिक संकटको सामाना गरेको थियो। भलै, अहिले उनीहरूलाई कुनै कुराको कमी छैन।
थलपति विजयका पिता एस ए चन्द्रशेखर तमिल फिल्मको डायरेक्टर हुन्। उनकी आमा शोभा चन्द्रशेखर प्लेबैक सिंगर थिइन्। यसको बावजुद पनि उनीहरूलाई आर्थिक संकट थियो।
जब उनको पिताको केही काम थिएन, तब उनकी आमाले गीत गाएरै घर खर्च चलाउने गर्थिन्।
बुबाको फिल्म डायरेक्टर भएकै कारण विजयले सानैदेखि क्यामेरा फेस गर्न थालिसकेका थिए। २२ जुन १९७४ मा चेन्नईमा जन्मिएका उनले पहिलोपटक १० वर्षको उमेरमा स्क्रिन सेयर गरेका थिए।
उनले आफ्नो करिअर १९९२ बाट सुरु गरेका थिए। त्योबेला उनी मात्र १८ वर्षका थिए। उनले पहिलो फिल्मबाट मात्र ५०० रुपैयाँ कमाएका थिए।
तर त्योबेला ५०० रुपैयाँ फिस लिने विजयले अहिले भने सय करोड लिने गर्छन्। अहिले उनको सम्पत्ति नै ५०० करोड छ। उनीसित अहिले कयौं महँगा गाडीहरू पनि छन्।
अब अमेरिका पस्न तीन सहरबाट मात्र सकिने !
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया