बिएल संवाददाता
थलपति विजय साउथ सिनेमाको सबैभन्दा चर्चित अभिनेताको लिस्टमा पर्छन्। आफ्नो करिअरमा उनले एक–से–एक सुपरहिट फिल्म दिएका छन्।
उनको फ्यान्सहरू देशमा मात्र नभई विदेशमा पनि छन्। विदेशीले पनि उनको फिल्मलाई रुचाउने गर्छन्। उनको चर्चा अहिले देशदेखि विदेशसम्म छ।
तर अहिले यसरी चर्चामा शिखरमा पुगेका विजयको परिवारले भने कुनैबेला आर्थिक संकटको सामाना गरेको थियो। भलै, अहिले उनीहरूलाई कुनै कुराको कमी छैन।
थलपति विजयका पिता एस ए चन्द्रशेखर तमिल फिल्मको डायरेक्टर हुन्। उनकी आमा शोभा चन्द्रशेखर प्लेबैक सिंगर थिइन्। यसको बावजुद पनि उनीहरूलाई आर्थिक संकट थियो।
जब उनको पिताको केही काम थिएन, तब उनकी आमाले गीत गाएरै घर खर्च चलाउने गर्थिन्।
बुबाको फिल्म डायरेक्टर भएकै कारण विजयले सानैदेखि क्यामेरा फेस गर्न थालिसकेका थिए। २२ जुन १९७४ मा चेन्नईमा जन्मिएका उनले पहिलोपटक १० वर्षको उमेरमा स्क्रिन सेयर गरेका थिए।
उनले आफ्नो करिअर १९९२ बाट सुरु गरेका थिए। त्योबेला उनी मात्र १८ वर्षका थिए। उनले पहिलो फिल्मबाट मात्र ५०० रुपैयाँ कमाएका थिए।
तर त्योबेला ५०० रुपैयाँ फिस लिने विजयले अहिले भने सय करोड लिने गर्छन्। अहिले उनको सम्पत्ति नै ५०० करोड छ। उनीसित अहिले कयौं महँगा गाडीहरू पनि छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया