सोमबार, १५ सेप्टेम्बर २०२५

‘टु मच विद काजोल एण्ड ट्वीकल’

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडाैं
News Image
• • •

बलिउडका दुई अभिनेत्री काजोल र ट्वीकल खन्नाले दर्शकहरूलाई एकसाथ मनोरञ्जन दिने भएका छन्। उनीहरू मिलेर ‘टु मच विद काजोल एण्ड ट्वीकल’को होस्टमा देखिदैंछन्। 

यो शो छिट्टै रिलिज हुनेवाला छ। अहिले यसको ट्रेलर भने सार्वजनिक भइसकेको छ। उनीहरूको ट्रेलरले दर्शकहरूको मन जितिरहेको छ। 

खासमा, उक्त शोमार्फत दर्शकहरूले आफ्नो मनपर्ने कलाकारहरूको गोप्य खबर थाहा पाउनेछन्।  त्यसका साथै शोमा हाँसो–मजाक पनि भरपूर हुनेछ। 

यो शोलाई काजोल र ट्वीकलले होस्ट गर्दैछन् भने गेष्टका रुपमा चंकी पाण्डे, गोविन्दा, आमिर खान–सलमान खान, जान्हवी कपूर–करण जौहर, वरुण धवन–आलिया भट्ट र विकी कौशल–कृति सेनन जस्ता कलाकारहरू छन्। 

काजोल र ट्वीकलको यो शो ओटीटीमा आउनेछ। केही समयअघि सार्वजनिक भएको ट्रेलर देखेर दर्शकहरू भने धेरै उत्साहित भएका छन्।

तर उक्त शोमा भने दुई अभिनेत्रीका श्रीमानहरू अजय र अक्षय भने देखिएका छैनन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!