बिएल संवाददाता
बलिउडकी चर्चित अभिनेत्री हेमा मालिनी अहिले सिनेमाबाट बाहिर छिन्। तर, उनी राजनीतिमा भने सक्रिय छिन्।
७० र ८० को दशकमा उनले एकसे एक फिल्ममा काम गरिन्। र, दर्शकहरूलाई भरपूर्ण मनोरञ्जन दिइन्।
१६ अक्टुबर १९४८ को तमिलनाडुमा जन्मिएकी हेमा अहिले ७७ वर्ष पुगिसकेको छ। तर अहिले पनि उनको सुन्दरताको चर्चा हुन्छ।
उनको रुपको चर्चासँगै अभिनयको चर्चा पनि अहिलेसम्म हुने गर्छ। आफ्नो करिअरको समयमा हेमाले धेरै अभिनेताहरूसँग काम गरेकी छिन्। र, उनले अभिनेतासँगै विवाह पनि गरेकी छिन्।
तर उनको मनपर्ने अभिनेता को थिए त?
भलै, उनले बलिउडका अभिनेता धमेन्द्र देओलसँग विवाह गरिन्। तर त्योभन्दा अगाडि उनलाई दुई जना चर्चित अभिनेताहरूले विवाहको लागि प्रस्ताव राखेका थिए। तर उनले अस्वीकार गरिन्।
७० को दशकमा हेमालाई सञ्जीव कुमार र जितेन्द्र उनको मनपर्ने कलाकार थिए। हेमाले
आफ्नो किताब ‘हेमा मालिनीः द आथराइज्ड बायोग्राफी’ मा खुलासा गरेकी थिइन् कि उनलाई सञ्जीव र जितेन्द्रले विवाहको लागि प्रस्ताव गरेका थिए।
भलै, त्यो समय धमेन्द्र पनि हेमासँग लठ्ठु थिए। धमेन्द्र विवाहित थिए र चार बच्चाको बुबा पनि थिए। त्यो भएपनि अभिनेत्रीले दुई जनाबाहेक धमेन्द्रलाई रोजेका थिए।
उनीहरूको लामो समयसम्म अफेयर चल्यो। र, १९८० मा धमेन्द्रले आफूभन्दा १३ वर्ष कान्छी हेमासँग दोस्रो विवाह गरेका थिए।
खासमा, हेमा आफ्नो समयमा एकसे एक अभिनेतासँग कुरा गरे। उनले धमेन्द्रलगायत जितेन्द्रसँग पनि धेरै फिल्म खेलिन्। तर उनको मनपर्ने अभिनेता भने राजेश खन्ना, शशि कपूर र देव आनन्द थिए।
बालेन सरकारको १०० दिनः सुशासन र शासकीय सुधारका दृष्टिकोणले पूर्ण असफल
मनको ऐना
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया