बिएल संवाददाता
चलचित्र विकास बोर्डका अध्यक्ष दिनेशराज दाहाल (डिसी) ले पत्रकारितामा जिम्मेवार र विषयगत प्रश्नको आवश्यकता रहेको बताएका छन्।
‘चलचित्र पत्रकार (इतिहासदेखि वर्तमानसम्म २०८२)’ पुस्तक लोकार्पण समारोह तथा ‘चलचित्र पत्रकारितामा चलचित्र पत्रकारको खोजी’ शीर्षक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले अहिले मिडियाको संख्या अत्यधिक बढेको बताए।
उनले भने, ‘अहिले मिडियाहरु धेरै भइसकेका छन्। पत्रकार साथीहरुका प्रश्न पनि अनेकथरि छन्। म सयवटा विषयमा दिनभर बोल्नसक्छु तर विषय के हो भन्नेमा केन्द्रित भएर प्रश्न सोध्दा राम्रो हुन्छ।’
उनले पत्रकारले कार्यक्रमको उद्देश्य र विषयअनुसार प्रश्न सोध्नु पत्रकारिताको मर्यादाका लागि आवश्यक हुने बताए।
‘एउटा विवादित कुरा आयो भने सबै समाचारको हेडलाइन त्यही हुन्छ,’ उनले भने, ‘हामी एउटै क्षेत्रका हौं। कलाकारको विवादले फाइदा हुन्छ भने ठिक छ तर यस्ता कुरा युट्युबका लागि ठिक होला, पत्रकारिताका लागि होइन।’
अध्यक्ष दाहालले वर्तमान पत्रकारितामा प्रतिस्पर्धा तीव्र भएको उल्लेख गर्दै युवा पत्रकारलाई आत्मविश्वासका साथ अघि बढ्न सुझाव दिए।
उनले भने, ‘पहिला पहिला अरु पत्रकार अलपत्रकार जस्तै हुन्थे। पत्रिकामा गयो यो त टेलिभिजनको कलाकार भन्ने, टेलिभिजनमा गए सिनेमाको भन्ने, सिनेमामा गए रेडियोको हो भन्ने, रेडियोमा गए यो पत्रकार हो र भन्ने। यस्तो अवस्था पनि रहँदो रहेछ। अहिलेको पत्रकारले जित्नुपर्छ।’
उनले नेपाली चलचित्र पत्रकारिताको विकासका लागि व्यावसायिकता र आपसी सहकार्य अपरिहार्य रहेको पनि बताए।
‘हिजोसम्म दिने ठाउँमा थिए, आज माग्ने ठाउँमा’
पुरानै रबैयामा फर्किए ओली, एक–एकलाई कारबाहीको डन्डा चलाउने चेतावनी
‘कसैले जित्ने वा हार्ने होइन, न्याय मार्ने काम भइरहेको हेक्का होस्’
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया