बिएल संवाददाता
बलिउडका सुपरस्टार धमेन्द्र देओलको निधन भइसकेको छैन। जसको खुलासा उनकी श्रीमती र छोरीले दिएका छन्।
भलै, उनको निधनको खबरले पूरै बलिउड नै स्तब्ध भएको थियो। खासमा, सोमबार उनलाई श्वास लिनमा समस्या भएको थियो। त्यहीकारण उनलाई मुम्बईको क्यान्डी अस्पतालमा भर्ना गरेको थियो।
अस्पतालमा उपचार भइरहेको धमेन्द्रको निधन भएको खबर फैलिएपछि ईशाले भनेकी थिइन्, ‘मेरो बुबा स्वस्थ्य हुनुहुन्छ र ठिक हुनुहुन्छ। हाम्रो परिवारलाई व्यक्तिगत समय दिनूस्। बुबाको स्वास्थ्यको सामनाको लागि धन्यवाद।’
यसैगरी हेमा मालिनीले पनि धमेन्द्रको निधन भएको झुटो खबर भएको बताएकी छिन्। उनले मिडियालाई समेत धम्काएकी छिन्। उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘जे भइरहेको छ, त्यो माफ गर्ने लायकको छैन। कसरी जिम्मेदार च्यानलहरूले झुटो खबर फैलाउन सक्छ। अहिले उहाँ उपचार भइरहेको छ र, राम्रो हुनुहुन्छ। यो धेरै अमानवीय र गैरजिम्मवार भयो। हाम्रो व्यक्तिगत कुरालाई सम्मान गर्नूस्।’
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया