बिएल संवाददाता
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि अवैध आप्रवासीविरुद्ध निर्मम नीति अपनाएका छन्।
ट्रम्पले कार्यभार सम्हालेको दिनबाटै अवैध आप्रवासी पक्राउ र देश निकाला अभियान सुरु भइसकेको छ। शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
यसैक्रममा अमेरिकाले निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको संख्या सार्वजनिक गरेको छ।
अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा अमेरिकामा बस्दै आएका १ हजार ३६५ नेपाली पनि समावेस छन्। अर्थात ती नेपालीहरू अमेरिकाबाट नेपाल फिर्ता पठाइन लागिएको हो।
अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिक छन्।
होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन्।
त्यस्तै विश्वमै धेरै जनसंख्या भएका चीन र भारतका नागरिकहरू पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन्। अमेरिकी अध्यागमनको सूचीअनुसार चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना र भारतका १७ हजार ९ सय चालिस नागरिक फिर्ता हुँदैछन्।
भारत र चीनले आफ्ना नागरिक फिर्ता ल्याउने प्रतिवद्धता जनाइसकेका छन्। नेपाल भने यस विषयमा अझै मझन छ।
प्रभु बैंकमा बद्मासी- सेटिङ गर्न पन्तले निकालिन् कर्मचारीको नाममा लाखौं पेश्की
रवि लामिछाने: जेलको चिसो कोठाबाट उठिरहेको नयाँ राजनीतिक ताप
प्रभु बैंककी ‘लेडी बोस्’– सीईओलाई प्रभावमा पारेर बन्दैछिन् डेपुटी, यसरी डुबाउँदैछिन् बैंक
प्रभुको बदमासीमा कुनकुन फाइलमाथि हुँदैछ अनुसन्धान? को–को तानिदैछन्?
आश्रममा फुलिरहेकाे रामप्रसाद–बसन्तीकाे ‘बुढ्याैली’ प्रेम
आन्दोलनको सार्थकता र नेपालले ब्यहोरेको क्षति
मन्दिरकाे ‘भीक’देखि आश्रमसम्म पुगेका ‘लक्ष्मी’का पदचापहरू
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया