
बिएल संवाददाता
अमेरिकाको मेरिल्याण्ड राज्यमा आज सम्पन्न प्राइमरी चुनावमा नेपाली उम्मेद्वार डा. ह्यारी भण्डारी पछाडि परेका छन्। उनी मेरिल्याण्डको कंग्रेसनल डिस्ट्रिक्ट २ बाट संघीय संसद सदस्यका लागि डेमोक्रेटिक उम्मेद्वारीका लागि चुनावी प्रतिस्पर्धामा थिए।
प्राप्त पछिल्लो मतगणनाअनुसार उनी प्रतिस्पर्धी जोन युभन्दा पछाडि परेका छन्। उनले जोन युलाई पछ्याइरहे पनि मतान्तर धेरै भएकाले अमेरिकी मिडियाहरूले जोन यु लाई सम्भावित विजेता घोषणा गरेका छन्। यो घोषणासँगै डा. भण्डारीको क्यापिटल हिल यात्रा यसपटकका लागि अवरूद्ध भएको छ।
डा. भण्डारीले मेरिल्याण्ड संसदमा प्रतिनिधित्व गरिरहेको क्षेत्रसमेत रहेको मेरिल्याण्डको कंग्रेसनल डिस्ट्रिक्ट २ दुई दशकपछि ओपन सिट भएको थियो। उनले डेमोक्रेटिक प्राइमरीमा उम्मेद्वारी दिएर अमेरिकामा नेपालीको क्यापिटल हिल यात्राको सम्भावनाको ढोका घच्घचाएका थिए। तर, उनको यो पहिलो प्रयास सफल हुन सकेन।
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
जेन–जेड आन्दोलनः सत्ताबाट ‘बेदखल’ राजनीतिक दलहरू, विना मुद्धा सोझै ‘एक्पोज्ड’ भ्रष्ट नेताहरू
नेपाली राजनीतिमा उमेर र अनुभवको रंगमञ्च: भीमसेन थापादेखि सुशीला कार्कीसम्म
सभापति देउवा संस्थापन समूहकै ‘घेराबन्दी’मा
गृहमन्त्री होइन प्रधानमन्त्री राजीनामा देऊ
प्राकृतिक सुन्दरतासँग रमाउदै छायाँनाथ यात्रा (भाग- २)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया