बिएल संवाददाता
युक्रेनी सेनाले आइतबार डोनेट्स्कको पश्चिममा रहेको बजारमा घातक तोप आक्रमण गर्दा कम्तीमा २७ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले सोमबार जानकारी दिएका छन् ।
युक्रेनी पक्षबाट १५२ एमएम क्यालिबर र १५५ एमएम क्यालिबरको गोला प्रहार गर्दा भीडभाड भएको बजारमा सो घटना घटेको रुसको तास समाचार एजेन्सीले डोनेट्स्कका स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै जनाएको छ।
घाइतेमध्ये १८ जनालाई अस्पतालमा भर्ना गरिएको छ जसमध्ये अधिकांशको अवस्था गम्भीर रहेको रसियाको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
संयुक्त राष्ट्रसंघका लागि रुसी नियोगले सोमबार सुरक्षा परिषद्को बैठकमा यस घटनाबारे छलफल गरिने घोषणा गरेको छ।
रसियाली विदेश मन्त्रालयले संयुक्त राष्ट्रसंघका कार्यक्रमहरूमा पनि यो मुद्दा उठाउने योजना बनाएको छ जहाँ रूसी विदेशमन्त्री सर्गेई लाभरोभ उपस्थित हुने कार्यक्रम छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया