बिएल संवाददाता
मालीको मध्य भागमा सन्दिग्ध जिहादीहरूले छ दिनअघि अपहरण गरेका ११० जनाभन्दा बढी सर्वसाधारण अझै उनीहरूको नियन्त्रणमा रहेको स्थानीय स्रोतले सोमबार जानकारी दिएको छ।
गत अप्रिल १६ मा ‘जिहादी’हरूले नागरिक बोकेका तीनवटा बसलाई रोकी ती सवारी साधन र यात्रुहरूलाई बन्दिगारा र बनकासको बीचमा रहेको जङ्गलतर्फ जान बाध्य पारेका स्थानीय प्रशासनले जनाएको छ।
निर्वाचित स्थानीय जनप्रतिनिधि उमर ओन्गोइबाले एएफपीसँग भने, 'हामी जिहादीहरूले मङ्गलबार अपहरण गरेका तीन बसका ११० भन्दा बढी यात्रुहरूको रिहाइको माग गर्दछौं।'
सुरक्षाको कारण देखाउँदै नाम नबताउने शर्तमा बन्दिगराका एक निर्वाचित अधिकारीले भने, 'जिहादी समूहका लडाकूले कब्जामा लिएका १२० भन्दा बढी यात्रु र तीनवटा बस अझै पनि उनीहरूको कब्जामा छन्।'
मालीमा सन् २०१२ देखि अलकायदा र इस्लामिक स्टेट समूहसँग सम्बन्धित विभिन्न समूहका साथै स्वघोषित, आत्मरक्षा बल र डाकुहरूले आक्रमण गर्दै आएका छन्। मानवीय र राजनीतिक सङ्कटका कारण बिग्रँदो सुरक्षा अवस्था जटिल बनेको छ।
सत्ता कब्जा गरी सैन्य शासन लागु गरिएका माली, छिमेकी मुलुक बुर्किना फासो र नाइजरमा स्वघोषित, आत्मरक्षा बल र डाकुहरूले आक्रमण गर्ने गरेका र सर्वसाधारणले हिंसात्मक गतिविधिको सामना गर्नुपरेको छ।
‘मैले ड्रग्स खाँए, समाजले परिवारलाई धिक्कार्यो’ (भिडियाेसहित)
रापिएको ‘रविमण्डल’
झापा–५ मा बालेन शाह भारी मतान्तरले विजयी, ढल्यो ओलीको अहंकार
'बालेन बेग'बाट नजोगिने नै भए गगन थापा
उडायो सपना धेरैको बाहुबली 'बालेन बेग'ले
सुशीलाले सुसेलेका चुनावी सुसेलीहरू
मेरी वृद्ध आमाको हातमा बजिरहेको इशाराको घण्टी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया