बिएल संवाददाता
इजरायलले ड्रोन आक्रमण गरी समाचार संस्था अल जजीराका पत्रकार समर अबूदक्कको हत्या गरेको छ।
उनी अल जजीराको क्यामेराम्यान हुन्। शुक्रबार गाजाको पूर्वी जेरुसेलमको अल–अक्सा मस्जिद नजिक रिर्पोटिङका क्रममा उनीमाथि
ड्रोन आक्रमण भएको थियो।
आक्रमणमा परी अल जजीरका पत्रकार वाएल अल दहदौ घाइते भएका छन्। अल जजीराले क्यामेराम्यानलाई घटनास्थलबाट एम्बुलेन्समार्फत उद्दार गर्न खोजिए पनि बाटो बन्द भएका कारण उपचार नपाएर मृत्यु भएको बताउँदै हत्याको जिम्मेवार इजरायलाई मान्दै कारर्बाहीको समेत माग गरेको छ।
तर इजरायली सेनाले पत्रकारको हत्याबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। घाइते पत्रकार दहदौकी श्रीमती, छोरा र छोरीका साथै नातीकोसमेत यसै अक्टोबरको हमलामा मृत्यु भएको थियो।
अल जजीराले जानी–जानी इजरायली सेनाले पत्रकार दहदौको परिवारलाई निशाना बनाएको बताएको छ। गाजाका पत्रकारहरूले गाजामा चलिरहेको युद्धको बाबजुद काम समेत गरिरहनेछन्।
र, अक्टोबर यता मात्रै इजरायल हमलामा परि ५९ प्यालेस्टिनी पत्रकारको मृत्यु भइसकेको छ।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया