बिएल संवाददाता
दक्षिण अफ्रिकाको उत्तर–पश्चिम प्रान्तको रुस्टेनबर्गमा शनिबार राति रेस्टुरेन्ट सेवा लिइरहेका नौ जनालाई अज्ञात समूहले आक्रमण गरी हत्या गरेको प्रहरीले जनाएको छ।
उक्त आक्रमणमा परी अन्य आठ जना घाइते भएका छन्।
स्थानीय समयअनुसार शनिबार राति सवा नौ बजे रुस्टेनबर्गबाहिर बोइतेकोङस्थित पोपो मोलेफे अनौपचारिक बस्तीको रेस्टुरेन्टमा सेवा लिइरहेका पाँच पुरुष र चार महिलाको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ।
स्थानीय प्रहरी प्रशासनले एक विज्ञप्ति जारी गरी भनेको छ, 'प्रारम्भिक जानकारीअनुसार झोसा बोल्ने व्यक्तिहरूको समूह रेस्टुरेन्टको एउटा टेबलमा मध्यपान गरिरहेका समय केही सङ्ख्यामा आएका सेसोथो–भाषी संदिग्धहरूले रेष्टुरेन्टका सेवाग्राहीमाथि गोली चलाएका थिए। आक्रमणमा आठ जनाको घटनास्थलमा र एक जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।'
उक्त आक्रमणमा परी अन्य आठ जना घाइते भएको प्रहरीले जनाएको छ। झोसा र सेसोथो दुवै बान्टु भाषाहरू हुन्।
प्रहरीका अनुसार आक्रमणकारी घटनास्थलबाट तत्काल भागेकोले उनीहरूको खोजी भइरहेको छ। हत्याको कारण थाहा नभएको र घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया