इजरायली सेनाले हमाससँग चलिरहेको युद्धकाबीच गाजा पट्टीबाट कम्तीमा ५१ जना प्यालेस्टाइनी महिलालाई पक्राउ गरेको प्यालेस्टाइनी समूहले बिहीबार बताएको छ।
'प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन डिटेनीज एण्ड एक्स-प्रिजनर्स अफेयर्स अथोरिटी र 'प्यालेस्टाइन प्रिजनर्स क्लबले' संयुक्त विज्ञप्ति जारी गर्दै ती महिलाहरूलाई इजरायलको डेमोन जेलमा राखिएको बताएको छ। पक्राउ पर्नेमा ८२ वर्षीया महिला र उनका थुप्रै आफन्त पनि रहेको उनीहरूले बताएका छन्।
समूहहरूले गाजाबाट महिला बन्दीहरूको वास्तविक सङ्ख्या बढी रहेको जानकारी आएको तर तिनीहरूसँग डेमोन जेलमा रहेकाहरूको बारेमा मात्र स्पष्ट तथ्याङ्क रहेको बताएका छन्।
विज्ञप्तिमा भनिएको - गिरफ्तार महिलाहरूले ‘यातना र अपमान’ को सामना गर्नुपरेको छ र गाजाका अन्य बन्दीहरू जस्तै ‘पीडादायी परिस्थिति’ मा हिरासतमा राखिएका छन्।
इजरायलले मानवअधिकार सङ्गठनका वकिलहरूलाई बन्दीहरूलाई भेट्न र तिनीहरूको अवस्थाबारे बुझ्न रोकेको र साथै रेडक्रसको अन्तरराष्ट्रिय समितिलाई त्यहाँ पहुँच दिन पनि अस्वीकार गरेको बताएको छ।
यता इजरायली जेल प्रशासनले भने, त्यहाँ केवल ६६१ जना गाजा बन्दीहरू रहेको खुलासा गरेको छ र तिनीहरूलाई ‘गैरकानूनी लडाकु’ भनेर दर्जा दिइएको छ।
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया