बिएल संवाददाता
घानामा बाल मृत्यु दरमा निरन्तर गिरावट आएको छ। घाना तथ्याङ्क सेवाले बिहीबार सन् २०२२ मा घाना जनसाङ्ख्यिकीय र स्वास्थ्य सर्वेक्षण सार्वजनिक गरेको छ।
सो तथ्याङ्क प्रतिवेदनमा देशभरका नवीनतम सर्वेक्षणहरू समावेश गरिएका छन्। प्रतिवेदनले सन् २०१४ देखि २०२२ सम्ममा देशको ५ वर्षमुनिको बाल मृत्युदर ३३.३ प्रतिशतले घटेको उल्लेख गरेको छ।
त्यसैगरी पहिलो जन्मोत्सव अघि नै मृत्यु हुने बालबालिकाको मृत्युदर सोही अवधिमा ३१.७ प्रतिशतले घटेको बताएको छ।
जीएसएसका सरकारी तथ्याङ्कविद् स्यामुएल एनिमले प्रतिवेदनले सरकारको स्वास्थ्य क्षेत्रका कार्यक्रमहरूले थुप्रै पक्षमा सकारात्मक नतिजा ल्याउने सङ्केत गरेको बताएका छन्। राष्ट्रिय तथ्याङ्कहरू सामान्यतया उत्साहजनक रहेको उनको टिप्पणी छ।
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा घाना, लाइबेरिया, गाम्बिया र सियरा लियोनका लागि बहु-देशीय असाइनमेन्ट अधिकृत शर्मिला लारीफले पछिल्लो प्रतिवेदन तयार पारेकामा जीएसएसको प्रशंसा गर्दै यसले अन्तरराष्ट्रिय डाटाबेसमा योगदान पुर्याबउने र डब्ल्युएचओले सबैको उपयोग गर्ने बताएकी छन्।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया