बिएल संवाददाता
नोकरीमा वृद्धि भएपनि अस्ट्रेलियाको बेरोजगारी दर १८ महिनाको उच्चतम स्तरमा पुगेको छ।
अस्ट्रेलियन ब्युरो अफ स्टाटिस्टिक्स (एबिएस)ले बिहीबार प्रकाशित गरेको आधिकारिक श्रम तथ्याङ्कमा आधिकारिक बेरोजगारी दर अक्टोबरमा तीन दशमलव आठ प्रतिशतबाट बढेर तीन दशमलव नौ प्रतिशत भएको उल्लेख छ। यो सन् २०२२ अप्रिलपछिको सबैभन्दा उच्च बेरोजगारी दर हो।
यद्यपि, अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या ६१ हजारले बढेको एबिसीको आँकडामा उल्लेख छ। उक्त वृद्धिको भर्पाइ सहभागिता दरमा भएको वृद्धिबाट भएको छ र यसले कामकाजी उमेरको जनसङ्ख्याको अनुपातलाई मापन गर्दछ। कार्यरत वा सक्रियरूपमा कामको खोजीमा रहेका मानिसको सङ्ख्या अक्टोबरमा ६७ प्रतिशतबाट बढेर ६७ दशमलव दुई प्रतिशतको कीर्तिमानी स्तरमा पुगेको छ।
एबिएसद्वारा बेरोजगारी दर गणना गर्नका लागि व्यक्ति कामविहीन हुनुपर्छ वा सक्रियरूपमा नोकरीको खोजी गरेको हुनुपर्छ। एबिएसका अनुसार नोभेम्बरमा एक करोड ४२ लाख ६० हजार अस्ट्रेलियाली रोजगारीमा छन्। यो कामकाजी उमेरको जनसङ्ख्याको ६४ दशमलव छ प्रतिशत हो।
अक्टोबर र नोभेम्बरबीच रोजगारीमा रहेका अस्ट्रेलियालीहरूको सङ्ख्या बढे पनि यो अवधिमा सबै नोकरीमा अस्ट्रेलियालीले काम गरेको घन्टाको कूल सङ्ख्या शून्य दशमलव एक प्रतिशतले घटेको छ।
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया