बिएल संवाददाता
अभिनेता टाइगर श्राफमाथि आक्रमण भएपछि फेरि एकपटक बलिउडभित्र कलाकारहरूको सुरक्षा चिन्ता र चासो बढेको छ। आइतबार साँझ फूटबल खेलेर फर्किने क्रममा दुई जना पेस्तोलधारीहरूले श्राफ चढेको गाडीमाथि आक्रमण गरेका थिए।
यो आक्रमणमा श्राफलाई गोली भनेको लागेको छैन। तर उनको गाडी चलाइरहेका ड्राइभर र एकजना सडकमा रहेका रिक्सा चालक घाइते भएका छन्। ड्राइभरलाई गोली लागेपछि श्राफले आफै गाडी हाँकेका थिए। सिसिटिभी फुटेजहरूमा देखिएअनुसार अन्धाधुन्ध गोली चलाइरहेका दुईजनामध्ये एकजनाको पेस्तोल जाम भएपछि उनिहरू त्यहाँबाट भागेका थिए।
यो हत्याको जिम्मेवारी लरेन्स विश्नोई ग्याङका अनमोल बिश्नोईले लिएका छन्। उनि लरेन्सका भाइ हुन्। उनले यो आक्रमणको जिम्मेवारी लिँदै आफूहरूले भनेको नमान्ने वा सलमानसँग काम गर्ने जोकोहीको हालत यस्तै हुने चेतावनीसमेत दिएका छन्।
पञ्जावको विद्यार्थी ग्याङदेखि ‘अन्डरवर्ल्ड’को सञ्जालसम्म
भारतको पञ्जाव राज्य अन्तर्गत फाजिल्का जिल्लामा जन्मिएका लरेन्स विश्नोई एक सम्पन्न परिवारका हुन्। भारतीय प्रहरीबाट अवकाश प्राप्त पिताको खानदानी परिवारमा जन्मिएका उनलाई बाल्यकालदेखि विद्यार्थी जीवनसम्मै अभावको महसुस हुन पाएन।
गाउँमा उनिहरूको सबैभन्दा ठूलो बंगला छ, जो सयौ एकड खानदानी जमिनले घेरिएको छ। १९९३ मा फेब्रुअरी १२ मा जन्मिएका उनको वास्तविक नाम बालकरण बरार हो। पञ्जावको बिश्नोई समुदाय प्रकृती प्रकृति, वनस्पति र वन्यजन्तु पूजक हुन्। जसले कृष्णसार (विशेषगरी काला हिरण)लाई आफ्नो भगवानका रुपमा पूजा गर्छन्।
लरेन्सले बाल्यकाल पनि निकै सानदार तरिकाले बिताए। स्कुल पढ्न जाँदासमेत उनि निकै महंगा मोटरसाइल चढेर पुग्थे।
उनले एक ब्रिटिस नागरिकबाट प्रभावति भएर यस्तो नाम राखेका हुन्। मोन्टगोमरी नामका ती ब्रिटिश नागरिकले सनावर पहाडमा एक प्रतिष्ठित लरेन्स स्कुल खोलेका थिए।
कलेज पढ्दा लरेन्स विश्नोई एक विद्यार्थी संगठन ‘सोपू’मा आवद्ध भए। उनि यो संगठनमा सक्रिय हुँदै गर्दा चण्डिगढका कलेज तथा विश्वविद्यालयहरूमा स्थानीय अर्को विद्यार्थी संगठन ‘पुसु’बीच आन्तरिक द्वन्द्व चर्किएको थियो र दुबै संगठनबीच बोलचाल समेत थिएन।
यही विद्यार्थी गुटमा चलिरहेको द्वन्द्व र राजनीतिबाट सुरु भएको विश्नोईको आपराधिक यात्रा अन्तर्राष्ट्रिय स्तरसम्मै पुग्यो। अन्डरवर्ल्डसँग नजिकिन लागुऔषधको कारोबारबाट थालिएको उनको धन्दा आखिरमा तस्करी र हत्यासम्मै पुग्न सफल भयो।
भारतीय प्रहरीले लरेन्सलाई पहिलो श्रेणीकै ‘ग्याङस्टर’का रुपमा राखेको छ। प्रहरीको परिभाषामा ‘ए’ श्रेणीको आपराधिक समूह निकै गम्भिरखाले अपराधमा सामेल भएको समूह हो।
चर्चित र्याप गायक तथा राजनीतिज्ञ सिद्धु मुसेवालाको हत्याको मामलामा लरेन्ससहित उनका समूहका कैयौ व्यक्ति अहिले पनि प्रहरीका मोस्ट वान्टेड हुन्। २०२२ मा मुसेवाला हत्याको जिम्मेवारी उनका समूहका एक सदस्य गोल्डी बराडले लिएका थिए।
अपराधको यो दुनियामा पाइला टेक्दै गर्दा उनि पहिलोपटक सन् २०१४ मा जेल परे। र जेलबाटै उनले आफ्नो आपराधिक सञ्जाल अन्तर्राष्ट्रिय दुनियासम्म फैलाए। २०१५ देखि २०१७ सम्म उनि पञ्जावको पटियाला जेलमा थिए। २०१७ मा उनि जमानत लिएर बाहिर निस्किएको केही दिनमै फेरि अर्को मुद्दामा जेल परे। त्यसपछि २०२० सम्म उनलाई तिहाड जेलमा राखियो। सन् २०२१ मा उनलाई राजस्थानको अजमेर केन्द्रीय जेलमा राखियो। त्यही बेला महाराष्ट्र सरकारले अन्डरवर्ल्डको अपराध नियन्त्रणका लागि महाराष्ट्र कन्ट्रोल अफ अर्गनाइज्ड क्राइम एक्ट लागु गर्यो र विश्नोईलाई फेरि तिहाड जेलमा थुनियो। अहिले उनि निकै कडा र सुरक्षित मानिने गुजरातस्थित साबरमती सेन्ट्रल जेलमा छन्।
उनले धेरैजसो समय जेलमै बिताएका छन्। तर जेलबाटै उनि अहिले अन्तर्राष्ट्रिय आपारधिक सञ्जाल चलाईरहेका छन्।
विगत एक दशकभन्दा बढी समयदेखि भारतका विभिन्न जेलहरूमै रहेका उनले जेलभित्रैबाट मोबाइल र आफ्ना सहयोगीहरू मार्फत ७०० भन्दा बढी कन्ट्याक्ट शूटरहरू भएको अन्तर्राष्ट्रिय ग्याङ चलाइरहेका छन्।
जेलभित्रै बसिबसी उनले अपराधको दुनियामा एउटा यस्तो साम्रज्य बनाएका छन्, जो एक व्यक्तिमा मात्रै निर्भर छैन। बरु त्यसले समूह-समूहमा काम गर्छ जो भारतदेखि विश्वका अरु पनि देशहरूमा फैलिएका छन्।
लरेन्स ग्याङका सदस्यहरू
उनको समूहका सबैभन्दा प्रभावशाली सदस्य हुन्, गोल्डी बरार जो यो ग्याङको मास्टरमाइन्ड पनि मानिन्छन्। यिनको नाम सतिन्दरजीत सिंह हो। समूहका दैनिक कामकाजहरू सञ्चालनदेखि, शूटरहरूलाई हतियार उपलब्ध गराउने, र पैसाको व्यवस्थापन गर्ने काम गोल्डी बरारले गर्छन्। हाल उनि क्यानडा र अमेरिकी देशहरूमा लुकिछिपी बसेका छन्। भारतले उनलाई आतंकवादीको सूचीमा राखेको छ।
त्यस्तै अर्का हुन्, अनमोल बिश्नोई। यिनी लरेन्सका भाई पनि हुन्। ग्याङको आर्थिक कारोबार, असुली धन्दा र विदेशी मुद्रा ल्याउने लैजाने मुख्य जिम्मेवारी उनैले सम्हाल्दै आएका छन्। त्यस्तै बलिउडका कलाकारहरूमाथि ‘टार्गेट सेट’ गर्ने जिम्मेवारी पनि उनकै हो। भारतीय सुरक्षा निकायले उनलाई पक्राउ गर्न रेड कर्नर नोटिससमेत जारी गरेको छ। उनि पनि क्यानडा र अमेरिकामा लुकिछिपि बसिरहेका छन्।
राजस्थान, हरियाणा र दिल्लीलगायतका क्षेत्र सम्हालेका यो ग्याङका मुख्य सुटर र व्यवस्थापक रोहित गोदारा हुन्। ग्याङका कमाण्डरसमेत रहेका उनको मुख्य जिम्मेवारी भनेको फिरौती उठाउनु हो। जसका लागि ठूला ब्यापारी र राजनीतिज्ञहरू पनि पर्छन्।
लरेन्सका भान्जा हुन् सचिन बिश्नोई। शिद्धु मुसेवालाको हत्या काण्डमा मुख्य आरोपीसमेत रहेका उनलाई केही समयअघि अजरबैजानबाट पक्राउ परेका थिए। अहिले पनि प्रहरी हिरासतमै छन्।
काला जत्थेडी हरियाणा र दिल्लीको नेटवर्क सम्हाल्छन्। उनले लरेन्स ग्याङलाई स्थानीय सूटर र हतियारको ब्याकअप प्रदान गर्थे। उनि अहिले जेलमै छन्।
लरेन्स ग्याङको पञ्जाव नेटवर्क सम्हाल्ने एक मुख्य सदस्य हुन् जगु भगवानपुरिया। पञ्जाव र हरियाणा क्षेत्रमा लागु औषध र हतियार ओसारपसार गर्ने नेटवर्कलाई उनले नै व्यवस्थापन गर्दै आएका छन्।
बलिउडसँगको दुश्मनी
खासगरी सलमान खानलाई टार्गेट गर्दै लरेन्स ग्याङ बलिउडभित्र घुस्न थाल्यो। सन् १९९८ मा अभिनेता सलमान खानले राजस्थानमा एउटा मृगको शिकार गरेपछि यो ग्याङले सलमानलाई ज्यान मार्ने धम्की दिएको थियो। मृगलाई आफ्नो समुदायको भगवान मान्ने भएका कारण उनिहरूले सलमानलाई टार्गेट गरेका थिए। लरेन्सले जेलबाट सलमानको हत्या गर्ने सार्वजनिक धम्की दिएपछि बलिउड तरंगित भएको थियो।
त्यसपछिका दिनमा सलमानमाथि पटक पटक धम्की र आक्रमणसमेत भइसकेको छ। त्यही मृगको शिकार गरेका कारण सलमानले कानुनी झमेलासमेत बेहोर्नुपरेको थियो। उनी केही समय हिरासतमा समेत बसेका थिए।
सन् २०२२ मा पञ्जावका चर्चित र्यापर शिद्धु मुसेवालाको दिनदहाडै गोली हानेर हत्या गरियो। यो हत्याको जिम्मेवारी त्यही ग्याङका गोल्डीले लिएका थिए। त्यसको योजना लरेन्सले जेलभित्रैबाट बनाएका थिए। सलमान खानको नजिकका साथी मानिने बाबा सिद्धिकीको हत्याको जिम्मेवारी पनि यही ग्याङले लिएको थियो। २०२४ मा मुम्बईका चर्चित राजनीतिज्ञ सिद्धिकीको हत्या भएको थियो।
भारतमा मात्रै नभइ यो ग्याङले क्यानडा र अमेरिकामा समेत आपराधिक गतिविधि गर्दै आएको छ। सन् २०२३ मा क्यानडामा सिख पृथकतावादी नेता हरदिप सिंह निज्जरको हत्यामा पनि बिश्नोई ग्याङको हात रहेको आरोप लागेको छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया