बिएल संवाददाता
युक्रेनले रूसको सीमावर्ती शहर बेल्गोरोडमा गरेको गोलाबारीमा तीन बालबालिकासहित २१ जनाको मृत्यु हुनुका साथै ३० वटा अपार्टमेन्टभवनमा क्षति पुगेको छ।
बेल्गोरोड क्षेत्रका गभर्नर व्याचेस्लाभ ग्ल्याडकोभले आइतबार दिएको जानकारीमा रूसले शुक्रबारदेखि निरन्तर रूसका अन्य शहरहमा जस्तै बेल्गोरोडमा पनि आक्रमण गरिरहेको बताएका छन्।
'मृतकको सङ्ख्या २१ पुगेको छ, जसमध्ये तीन जना बालबालिका रहेका छन्। घटनामा १७ बालबालिकासहित ११० जना घाइते भएका छन्। अहिलेसम्म ३० वटा अपार्टमेन्ट भवन, ३४४ वटा अपार्टमेन्ट, तीन वटा निजी घर, कैयौँ व्यवसाय र सामाजिक सुविधामा क्षति भएको छ,’ ग्ल्याडकोभले सामाजिक सञ्जालमा लख्नुभएको छ।
यसैबीच, रूसी रक्षा मन्त्रालयका अनुसार बेल्गोरोड र सो क्षेत्रमा युक्रेनको सशस्त्र बलले शुक्रबार र शनिबार गोलाबारी गरेको थियो। रूसले युद्धसामग्रीको साथ दुई रकेटहरू र एक बहु प्रक्षेपण रकेट प्रणालीबाट शहरको केन्द्रमा आक्रमण गरिएको छ।
मन्त्रालयले शनिबार हवाई प्रतिरक्षा प्रणालीले रकेट र अधिकांश गोलालाई रोकेको र शुक्रबार राति बेल्गोरोड क्षेत्रको भूभागमा १३ वटा रकेट नष्ट गरेको जनाएको छ।
त्यस्तै, युक्रेनको सुरक्षा सेवाको अज्ञात स्रोतलाई उद्धृत गर्दै युक्रेनी स्थानीय सञ्चारमाध्यमले युक्रेनी सेनाले बेल्गोरोड क्षेत्रमा रहेको रूसी सैन्य शिविरमा आक्रमण गरेको जनाएको छ।
युक्रेनका शहरहरूमा रूसी क्षेप्यास्त्र आक्रमण र सर्वसाधारणको हत्याको परिणामस्वरूप युक्रेनको रक्षा बलको संयुक्त गतिविधि जारी रहेको स्रोतले जनाएको छ। शुक्रबार रूसले युक्रेनमा हवाई आक्रमण गर्दा ३० जनाको मृत्यु हुनुका साथै १६० जना घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया