बिएल संवाददाता
संयुक्त राष्ट्र सङ्घले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष ४.२ विलियन अमेरिकी डलर जुटाउने प्रयास गरिरहेको छ।
युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुन: एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ।
विशेष गरी संयुक्त राष्ट्र सङ्घले युक्रेनमा ८.५ मिलियन मानिसलाई मानवीय सहायता प्रदान गर्न दाताबाट ३.१ विलियन डलर आकर्षित गर्ने योजना बनाएको मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको हो।
रूस–युक्रेन द्वन्द्वका कारण देशबाट भाग्न बाध्य भएका २.३ मिलियन युक्रेनी शरणार्थीलाई सहयोग गर्न १.१ विलियन डलर जुटाउन पनि विश्व निकायको लक्ष्य रहेको छ।
युक्रेनी उपप्रधानमन्त्री इरिना भेरेशुकले द्वन्द्वबाट प्रभावित युक्रेनीलाई सहयोग गर्ने संयुक्त राष्ट्रसङ्घीय मानवीय योजनामा किभले उच्च आशा राखेको बताएका छन्।
उनले आन्तरिक रुपमा विस्थापित मानिस तथा युद्धबाट भागेर विदेश गएका आफ्ना नागरिकलाई समर्थन जारी राख्नुपर्ने बताएका छन्।
सन् २०२२ को फेब्रवरीदेखि करिब ६.३ मिलियन मानिस युक्रेनबाट भागेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ। युक्रेनी अधिकारीहरूका अनुसार देशभित्र करिब ४.९ मिलियन मानिस विस्थापित भएका छन्।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया