बिएल संवाददाता
बेलायतकी राजकुमारी केट मिडलटनलाई क्यान्सर भएको छ।
राजकुमारी केटले एक भिडियो सन्देश सार्वजनिक गर्दै आफूलाई क्यान्सर भएको र यसको उपचार भइरहेको बताएपछि यसको खुलासा भएको हो। उनको उपचार अझै प्रारम्भिक चरणमा रहेको उनले बताएकी छन्।
भिडियोमा उनले भनेकी छन्, ‘केही अविश्वसनीय कठिन महिनाहरूपछि ठुलो झटका लागेको थियो। म अहिले ठीक छु र दिनप्रतिदिन बलियो हुँदै गएको छु।’
बेलायतको दरबारले उनी पूर्ण रुपमा निको हुने विश्वास व्यक्त गरेको छ।
राजकुमारी केटको गत जनवरीमा पेटको शल्यक्रिया गरिएको थियो। तर, त्यतिबेला क्यान्सर भएको थाहा नभएको बताइएको छ।
राजकुमारी केटले भनेकी छन्, ‘यद्यपि, शल्यक्रियापछि गरिएको परीक्षणले मेरो शरीरमा क्यान्सर भएको थाहा भयो। मेरो मेडिकल टिमले मलाई निवारक केमोथेरापीको कोर्स लिनुपर्ने सल्लाह दियो। म उपचारको प्रारम्भिक चरणमा छु।’
यो कस्तो क्यान्सर हो भने बारे राजकुमारीले बताएकी छैनन्।
वर्षमा १ दिन खुल्ने ‘तलेजु मन्दिर’को रोचक तथ्य
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया