बिएल संवाददाता
मस्कोको उपनगरमा रहेको क्रोकस सिटी हलमा शुक्रबार राति रक कन्सर्टमा बन्दुकधारीले गोली चलाउँदा कम्तीमा ६० जनाको मृत्यु भएको र सयभन्दा बढी घाइते भएको रुसी गुप्तचर निकायले जनाएको छ।
सो हमलापछि उक्त कन्सर्ट भवनमा ठूलो आगो लागेको थियो, जसको कारण थिएटर नजिकैको छतको केही भाग ध्वस्त भएको छ।
इस्लामिक स्टेट समूहले आक्रमण गरेको दाबी गरेको छ र उक्त घटनामा जिम्मेवार व्यक्ति भने भागेको बताएको छ। अहिलेसम्म कसैलाई नियन्त्रणमा लिइएको अझै रूसले खुलाएको छैन्।
अमेरिकाले रूसमा यस्तो खाले हमला हुन्छ भन्ने दाबी पहिले नै गरेको खुलेको छ। ह्वाइट हाउसले रुसलाई यस महिनाको सुरुमा नै मस्कोमा ठुलो जमघटमा सम्भावित आक्रमणको चेतावनी दिएको बताएको छ। तर, अमेरिकाले यसअघि जारी गरेको चेतावनीलाई लिएर अहिलेसम्म रुसले भने अझै पनि कुनै टिप्पणी गरेको छैन्।
युक्रेनले भने रुसमा भएको सो हमलामा आफ्नो कुनै कुनै पनि संलग्नता नरहेको जनाएको छ।
बिबिसीले सार्वजनिक गरेको भिडियो फुटेजहरूमा आक्रमणकारीहरूले भाग्न खोजिरहेका नागरिकहरूलाई अन्धाधुन्ध गोली चलाएको देखाइएको छ। भने, धेरै विस्फोटका आवाजहरू पनि सुन्न सकिन्छ।
काउन्टीको नेशनल गार्डले आक्रमणकारीहरूको खोजी गरिरहेकोले रूसभरि कार्यक्रमहरू रद्द भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ।
राष्ट्रपति पुटिनले राष्ट्रलाई प्रत्यक्ष सम्बोधन गरेका छैनन्। तर, एक उपप्रमुखले भने सो घटनामा परेका मृतकको आत्माको शान्तिको कामना गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया