बिएल संवाददाता
युक्रेनले आइतबार जापोरिझ्झिया आणविक ऊर्जा केन्द्रमा भएको ड्रोन आक्रमणमा आफ्नो संलग्नताको आरोपलाई अस्वीकार गरेको छ। आणविक ऊर्जा केन्द्रमा कुनै पनि सशस्त्र क्षेत्रमा संलग्न नरहेको युक्रेनको सैन्य गुप्तचर निकायका प्रवक्ता एन्ड्री युसोभले बताए।
आणविक केन्द्रको गुम्बजमा भएको आक्रमणबाट गम्भीर चोटपटक नभएको र सुरक्षा सीमा उल्लङ्घन गर्ने कुनै खतरा नभएको पनि किएभले दावी गरेको छ।
उक्त ड्रोन आक्रमणले छ वटा उर्जा उत्पादन एकाइमध्ये एउटालाई क्षति पुर्याएको र आणविक सुरक्षामा संवेदनशिलता नदेखाइएको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीले जानकारी दिएको छ।
रूसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जाखारोभाले अन्तर्राष्ट्रिय समुदायले आणविक केन्द्रमा हालै गरिएको ड्रोन आक्रमणको जवाफ युक्रेनले दिनुपर्ने बताएका छन्।
जापोरिझ्झिया आणविक ऊर्जा केन्द्र युरोपको सबैभन्दा ठूलो आणविक उर्जा उत्पादन केन्द्र हो र यसमा छ गिगावाट कुल क्षमता भएको छ वटा इन्धन एकाइहरू समावेश गरिएको छ।
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
अदालतको निर्णयपछि एक हुन्छ कांग्रेस?
‘समस्या नेता मात्र होइन, नागरिक संस्कार पनि हो’
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया