बिएल संवाददाता
आयरल्याण्डको संसदले सिमोन ह्यारिसलाई देशको नयाँ र सबैभन्दा कान्छो प्रधानमन्त्रीको रूपमा चयन गरेको छ। लियो वराडकरको गत महिना आश्चर्यजनक राजीनामापछि उनका उत्तराधिकारी मानिएका ह्यारिस प्रधानमन्त्रीमा चयन भएका हुन्।
केही स्वतन्त्र सांसदका साथै उनका गठबन्धन साझेदारहरू फियाना फेल र ग्रीन पार्टीबाट समर्थन प्राप्त गरेपछि ह्यारिसले ८८ मत प्राप्त गर्दै प्रधानमन्त्रीमा चयन भएका हुन्। उनको विपक्षमा ६९ जनामात्रै उभिएपछि उनी समर्थक संसद सदस्यहरू हर्षोल्लासमा उत्रिएका थिए।
३७ वर्षीय पूर्वस्वास्थ्य र उच्च शिक्षामन्त्री मुख्यतः कोविड महामारीमा आयरल्याण्डको प्रारम्भिक प्रतिक्रियालाई सहयोग पुर्याउन मद्दत गर्नका लागि परिचित र लोकप्रिय रहेका छन्। गत महिना वराडकरको राजिनामा पछि फाइन गेल पार्टीको नयाँ नेताको रूपमा निर्विरोध निर्वाचित भएका थिए।
भूपदेवको भूमिकाबाट सन्तुष्ट छैनन् बालेन, महामन्त्रीमा विकल्प खोज्दै!
अझै पनि सपना जस्तै लाग्छः बाबाको सम्झना
एनटीभीको स्याटेलाइट लिंक खरिद प्रकरणः पीएसबीका पूर्वअध्यक्ष विष्टलाई मुख्य दोषी ठहर गर्दै प्रतिवेदन तयार!
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया