बिएल संवाददाता
नेपाली चिया निर्यातमा भारतीय पक्षबाट हुँदै आएको अवरोध अन्ततः हटेको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको विशेष सक्रियता र मन्त्रालयको निरन्तर संवादपछि आजैका दिनदेखि चिया निकासी पुनः सुचारु भएको मन्त्री मन्त्री गौरीकुमारी यादवले बताइन्।
गुणस्तर परीक्षणको बहाना बनाउँदै भारतले नेपाली चिया निकासी रोकेपछि विगत केही समयदेखि ठूलो विवाद सिर्जना भएको थियो।
निर्यात ठप्प भएपछि झापाका ३० वटा सीटीसी र इलामका ६५ वटा अर्थोडक्स चिया उद्योगहरू गत असार १ गतेदेखि पूर्ण रूपमा बन्द हुन पुगेका थिए।
चिया क्षेत्रमा देखिएको यो गम्भीर संकटप्रति प्रधानमन्त्री बालेन्द्र शाहले समेत विशेष चासो देखाएका थिए। त्यसलगत्तै उद्योग मन्त्रालयले भारतीय अधिकारीहरूसँग कूटनीतिक र प्राविधिक तहमा सघन छलफल अघि बढाएको थियो।
उद्योग मन्त्रालयका अनुसार अब उप्रान्त गुणस्तर परीक्षण वा अन्य कुनै पनि बहानामा नेपाली चिया निकासीमा अवरोध नहुने सहमति बनेको छ।
अवरोध हटेसँगै उद्योगी, मजदुर र चिया किसानहरूले राहत महसुस गरेका छन् भने बन्द भएका ९५ वटा चिया उद्योगहरू पनि पुनः सञ्चालनमा आउने भएका छन्।
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया