बिएल संवाददाता
एमसीए–नेपालले लप्सीफेदी–रातमाटे–न्यू हेटौंडा ४०० केभी प्रसारण लाइन निर्माण सुरु गरेको छ।
सिन्धुपाल्चोकबाट मंसिर ८ गतेदेखि निर्माण थालिएको उक्त प्रसारण लाइन पाँच जिल्लामा विस्तार हुनेछ।
एमसीए–नेपालका अनुसार ११७ किलोमिटर लामो यो प्रसारण लाइनअन्तर्गत ३०३ वटा टावर निर्माण गरिनेछ। प्रसारण लाइन काठमाडौं, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ र मकवानपुर जिल्लामा फैलिनेछ।
एमसीसी नेपाल कम्प्याक्टअन्तर्गत निर्माण भइरहेको विद्युत् प्रसारण आयोजनाको कुल लम्बाइ ३१५ किलोमिटर छ। लप्सीफेदी–रातमाटे–न्यू हेटौँडा खण्ड त्यसैको एक हिस्सा हो। यो खण्ड ४०० केभी क्षमताको दोहोरो सर्किटयुक्त प्रसारण लाइन हुनेछ।
प्रसारण लाइन निर्माण सम्पन्न भएपछि मुलुकको विद्युत् प्रसारण सञ्जाल थप सुदृढ हुने अपेक्षा गरिएको छ। यसले देशभित्र उत्पादित विद्युत्लाई राष्ट्रिय प्रसारण ग्रिडमा जोड्न सहयोग पुग्नेछ। साथै, नेपालको ऊर्जा सुरक्षालाई थप बलियो बनाउने एमसीए–नेपालको विश्वास छ।
नेपालको विद्युत् उत्पादन क्षमता विस्तार हुँदै गएको अवस्थामा उत्पादित विद्युत् प्रसारण तथा वितरणका लागि उच्च क्षमताका पूर्वाधार आवश्यक छन्।
प्रस्तावित प्रसारण लाइनले विद्युत् प्रवाहको क्षमता विस्तार र राष्ट्रिय ग्रिडको सुदृढीकरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
फेरिँदै महिला हिंसाको स्वरूपः सामाजिक सञ्जालबाट हुने चरित्र हत्या र साइबर हिंसाले थप चुनौती
प्रधानमन्त्रीको भारत भ्रमणः सन्तुलनको सम्बन्ध र विश्वास स्थापनाको प्रयास
किसुनजीको सुराहीमा मोदीजीको सादगी!
विस्तृत शान्ति सम्झौतादेखि जेनजी विद्रोहसम्म: धरमराएको ‘शान्ति-यात्रा’
प्रधानमन्त्रीको भारत भ्रमण ‘नयाँ कूटनीतीको परीक्षा’
अब समाजमा झुकेको आमाबुबाको शिर उठाउनु छ…
धन्न! यूएईको जेलबाट बाँचेर फर्किएँ...
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया