बिहिबार, १५ जनवरी २०२६

१२ दशमलव १० अङ्कले घट्याे नेप्से

आज तीन सय कम्पनीको तीन करोड ३५ लाख २५ हजार सात सय दुई कित्ता शेयर दुई लाख १० हजार चार सय ७१ पटक खरिदबिक्री हुँदा रू नौ अर्ब ७६ करोड ८९ लाख ६९ हजार आठ सय ६८ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

काठमाडौँ महानगरले ६ महिनामा असुल गर्‍यो करिब पाँच अर्ब राजस्व

अघिल्लो आव र चालु आवको सोही अवधिको तुलना गर्दा यसवर्ष रू ३५ करोडले बढी राजस्व असुल भएको कामपाको राजस्व विभागका प्रमुख धुव्र काफ्लेले जानकारी दिए। उनका अनुसार सबैभन्दा बढी बहाल करमा रू एक अर्ब ३५ करोड ६३ लाख ३० हजार राजस्व असुल भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

५४ अङ्कले बढ्याे नेप्से, कारोबार रकम आठ अर्ब माथि

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ५४ दशमलव ५४ अङ्क अर्थात् दुई दशमलव ५७ प्रतिशतले बढेर दुई हजार एक सय ७५ दशमलव १७ को विन्दुमा कायम भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

चिया र अलैँची अनुसन्धान केन्द्रको काम अघि बढ्यो

इलाम नगरपालिका–१ साँखेजुङका तीनजना दाहाल बन्धुहरूले यसका लागि निःशुल्क जग्गादान गरेका छन्। राष्ट्रिय व्यावसायिक कृषि अनुसन्धान कार्यक्रमअन्तर्गत अनुसन्धान केन्द्र स्थापना हुने भएको हो। जसका लागि जग्गा व्यवस्थापनको काम इलाम नगरपालिकाले गरिरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

पेट्रोल र डिजेलको मूल्य एक–एक रुपैयाँ घट्यो

 नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर एक–एक रुपैयाँ घटाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

बजेट अर्धवार्षिक समीक्षा: आम्दानी पाँच खर्ब १८ अर्ब, खर्च पाँच खर्ब ६६ अर्ब

पुस मसान्तसम्ममा मुलुकले रु ४८ अर्ब ४६ करोड ५७ लाख बराबर बजेट घाटा व्यहोरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार बजेटको अर्धवार्षिक समीक्षा अवधिमा वार्षिक लक्ष्यको ३५ दशमलब १९ प्रतिशत आम्दानी र ३२ दशमलब ३५ प्रतिशत खर्च भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नवलपरासी पूर्वमा ८ करोड बढीको सुन्तला उत्पादन

‘यस वर्ष जिल्लामा एक हजार तीन सय ४६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा सो बिक्रीबापत कृषकले रु आठ करोड ७४ लाख ९० हजार अम्दानी गरेका छन्’, उनले भने। गत वर्षभन्दा यस वर्ष सात दशमलव ८६ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको सूचना अधिकारी महतोले बताए।

बिएल संवाददाता

बिएल संवाददाता - नवलपरासी

सहकारी महासङ्घको अध्यक्षमा मल्ल

राष्ट्रिय सहकारी महासङ्घको अध्यक्षमा ओमदेवी मल्ल चयन भएकी छन्। आज यहाँ सम्पन्न महासङ्घको ३१औँ वार्षिक साधारणसभाले मल्लको नेतृत्वमा महासङ्घको नयाँ सञ्चालक समिति चयन गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

गुल्मीमा २३ करोडको सुन्तला उत्पादन

गुल्मीमा कूल एक हजार २७ हेक्टर क्षेत्रफल सुन्तला उत्पादनयोग्य जग्गा छ। त्यसमध्ये यस वर्ष छ सय २३ हेक्टर क्षेत्रफलमा छ हजार पाँच सय ७२ दशमलव चार मेट्रिकटन सुन्तला उत्पादन भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - गुल्मी

पहिलो तीन महिनामा ३ दशमलव २ प्रतिशतको आर्थिक वृद्धिदर

‘आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा तीन दशमलव दुई प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ’, तथ्याङ्क कार्यालयले भनेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बागलुङका किसानले फलाए २० करोडको सुन्तला

कृषि ज्ञानकेन्द्र र स्थानीय पालिकाका कृषि शाखाबाट सुन्तला उत्पादन हुने क्षेत्रमा गरिएको सर्वेक्षणले जिल्लामा अहिले रु २० करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्रका बाली विकास अधिकृत कुमार पुनले जानकारी दिए।

बिएल संवाददाता

बिएल संवाददाता - बागलुङ

उद्योगहरूमा काटिएका विद्युत् लाइन जोड्ने प्राधिकरणको निर्णय

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा शुक्रबार बसेको प्राधिकरण सञ्चालक समितिको नौ ९६०औँ बैठकले मन्त्रिपरिषद्को निर्णयबमोजिम काटिएको विद्युत् लाइन जोड्ने निर्णय गरेको प्राधिकरणले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रोङका किसान व्यावसायिक मौरीपालनमा आकर्षित

इलामको रोङ गाउँपालिकाका किसान मौरीपालनबाट व्यावसायिक बन्न थालेका छन्। यहाँका करिब नौ सय किसान मौरीपालनमा आबद्ध भएको गाउँपालिकाका अध्यक्ष मणिकुमार स्याङ्बो सुवासले जानकारी दिए। मह उत्पादनमा एक करोड लगानी गरेर किसानलाई तालिम र अनुदान उपलब्ध गराएको गाउँपालिकाले ‘हनी बैङ्क’ खोल्ने तयारी गरेसँगै मौरीपालनमा किसानको आकर्षण बढेको देखिन्छ। 

बिएल संवाददाता

बिएल संवाददाता - इलाम

मुद्राको सञ्चिति सबल बन्दै, कूल सञ्चिति मुद्रा १७ खर्ब ६७ अर्ब पुग्यो

मुलुकभित्र विदेशी मुद्राको सञ्चिति सबल बन्दै गएको पाइएको छ। चालु आर्थिक वर्ष (आव)को मङ्सिर मसान्तसम्म कूल रु १७ खर्ब ६७ अर्ब बराबरको विदेशी मुद्राको सञ्चिति रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

१० हजार किसानलाई दूधमा अनुदान दिँदै भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल पहिलोपटक निर्वाचित भएपछि दूधमा अनुदान दिन थालिएको हो। उनका अनुसार पहिलो वर्ष प्रतिलिटर २५ पैसा अनुदान दिइएको थियो। त्यसपछिका दुई वर्ष प्रतिलिटर रु एक र त्यसपछिका योसहित तेस्रो वर्ष प्रतिलिटर रु तीन अनुदान दिइँदै छ।

बिएल संवाददाता

बिएल संवाददाता - चितवन

दूधको समयमै भुक्तानी गर्न किसानको माग

चितवनका किसानले दूधको समयमै भुक्तानी गर्न माग गरेका छन्। बुधवार भरतपुरमा पत्रकार सम्मेलनको आयोजना गरेर उनीहरूले दूध बिक्री गरेको पैसा नपाउँदा पलायन हुनुपर्ने अवस्था आउन लागेको गुनासो व्यक्त गरेका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - भरतपुर (चितवन)

आर्थिक वृद्धिदर पाँच प्रतिशतले हुने विश्व बैंकको प्रक्षेपण

विश्व बैंकले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स, जनवरी २०२४’ सार्वजनिक गर्दै गत वर्षको तुलनामा आगामी वर्ष नेपालको आर्थिक वृद्धिदर सकारात्मक रहने अनुमान गरेको हो। चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर तीन दशमलव नौ प्रतिशत रहने  बैंकले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

लगातार तेस्राे दिन पनि बढ्याे नेप्से

आज तीन सय एक कम्पनीको एक करोड ३४ लाख ७७ हजार नौ सय ४६ कित्ता शेयर ९२ हजार छ सय दुई पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ४८ हजार सात सय ८९ बराबरको कारोबार भएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

खोटाङबाट ३६ करोड बढीको सुन्तला निर्यात

दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाको आठ सय १० हेक्टर क्षेत्रफल जमिनमा सुन्तलाखेती भएको कृषि ज्ञान केन्द्रले जनाएका छ। केन्द्रका कृषि प्रसार अधिकृत सञ्जयकुमार पण्डितका अनुसार  जिल्लामा यस वर्ष तीन हजार सात सय ३५ मेट्रिक टन सुन्तला उत्पादन भएको छ। 

बिएल संवाददाता

बिएल संवाददाता - खोटाङ

२० दशमलव ६२ अङ्कले नेप्से बढ्यो

तीन सय नौ कम्पनीको एक करोड ७९ लाख ४९ हजार पाँच सय ६२ कित्ता शेयर एक लाख चार हजार छ सय १९ पटक खरिदबिक्री हुँदा रु छ अर्ब ११ करोड ८३ लाख १७ हजार आठ सय ६६ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं