बिएल संवाददाता
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि उकालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक नौ दशमलव ३४ अङ्कले उकालो लागेर दुई हजार एक दशमलव ६४ मा पुगेको छ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक एक दशमलव ११ अङ्कले उकालो लागेर तीन सय ५७ दशमलव शून्य नौ मा पुगेको छ। कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा गिरावट आउँदा सात उपसमूहको शेयर मूल्य भने उकालो लागेको छ।
कूल ५२ लाख ३९ हजार चार सय १६ कित्ता शेयर रु एक अर्ब ८६ करोड ९८ लाख १३ हजार पाँच सय २६ मूल्यमा खरिद बिक्री भएका छन्। कारोबारका आधारमा सोनापुर मिनरल्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु १४ करोड १९ लाख ६२ हजार छ सय ९० बराबरको कारोबार भयो।
शिवम् मिसेन्ट रु आठ करोड २९ लाख ८२ हजार छ सय ६८, हिमालयन रिइन्स्योरेन्स रु छ करोड ४० लाख २६ हजार नौ सय ३९,घोराही सिमेन्ट रु पाँच करोड चार लाख ९० हजार दुई सय ६९ र हिमालयन डिस्टिलरी रु तीन करोड ५८ लाख ६८ हजार नौ सय ६४ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार बोटलर्स नेपाल बालाजु र बिपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सामलिङ पावर कम्पनी नौ दशमलव २६, बोटलर्स नेपाल तराई आठ दशमलव ७२,र गुराँस लघुवित्तका शेयरधनीले आठ प्रतिशतले कमाएका छन्।
त्यस्तै, चिर्खवा हाइड्रोपावर पाँच दशमलव शून्य छ, कालिञ्चोक दर्शन चार दशमलव ३०, ज्योति विकास बैंकको ऋणपत्र तीन दशमलव ६२, मैलुङ हाइड्रोपावर तीन दशमलव ५३ र खानीखोला हाइड्रोपावरका लगानीकर्ताले तीन दशमलव १४ प्रतिशतले गुमाएका छन्।
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया